• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

विश्वकपमा आजः २०१० मा फाइनल भिडेका इंग्ल्याण्ड र अष्ट्रेलियाबीच भिडन्त



एजेन्सी । २०१० को टी–२० विश्वकपको फाइनल । केन्सिङ्टन ओभल, बार्बाडोसको मैदान । इंग्ल्याण्ड र अष्ट्रेलिया आमनेसामने । विश्वको सबैभन्दा सानो १०.५ सेन्टिमिटरको एशेज ट्रफीका लागि ती टोलीहरूबीच सबैभन्दा ठूलो प्रतिस्पर्धा हुन्छ । यो प्रतिद्वन्द्वी १८८२ देखि चलिरहेको छ ।

इंग्ल्याण्ड पहिलो पटक विश्वकपको उपाधि जित्ने प्रतिक्षामा थियो र प्रतिद्वन्द्वी अष्ट्रेलिया बीचमा उभिएको थियो । इंग्ल्यान्डले १४८ रनको लक्ष्य पछ्याउनुपर्ने थियो र उसले त्यो गर्‍यो ।

यी कुराहरू यसकारण उल्लेख गरिएको हो किनभने आज त्यो जितको १४ वर्षपछि केन्सिङ्टन ओभलको एउटै मैदानमा इंग्ल्याण्ड र अष्ट्रेलिया फेरि आमनेसामने हुँदैछन् । त्यतिबेला इंग्ल्याण्डको नेतृत्व पाउल कलिङवुड र अस्ट्रेलियाको कप्तान माइकल क्लार्क थिए । आज टोलीको नेतृत्व जोस बटलर (इंग्ल्याण्ड) र मिचेल मार्स (अष्ट्रेलिया)ले गर्नेछन् । आज राति १०ः४५ बजे दुई टोलबीच भिडन्त हुँदैछ ।

दुई देशबीच अन्तर्राष्ट्रिय क्रिकेटमा ५ सय ४० खेल खेलिएका छन् । अस्ट्रेलियाले २५० खेल जितेको छ भने इंग्ल्याण्डले १८६ खेल जितेको छ । २ खेल टाई भए, ९७ ड्र र ५ ​​खेल निष्कर्षविहीन भए ।

क्रिकेटको छोटो फर्म्याट टी–२० मा इंग्ल्याण्ड र अष्ट्रेलिया २३ पटक आमनेसामने भएका छन् । इंग्ल्याण्डले ११ खेल जितेको छ भने कंगारु टोलीले १० खेल जितेको छ । दुई खेलको नतिजा भने आउन सकेको छैन ।

टी–२० विश्वकपमा दुवै टोली ४ पटक आमनेसामने भएका छन् । यस अवधिमा इंग्ल्याण्डले २ खेल जितेको छ भने अष्ट्रेलियाले १ खेल जितेको छ । गत विश्वकपमा भएको एउटा खेल अनिर्णित रह्यो । यी चार खेलहरूमा २०१० को फाइनल पनि समावेश छ, जुन इंग्ल्याण्डले जितेको थियो ।

यो खेल दुवै टोलीका लागि निकै महत्वपूर्ण हुनेछ । यस समूहबाट शीर्ष २ टोली सुपर–८ मा पुग्ने भएकाले दुवै टोली खेल जितेर आफ्नो दाबी बलियो बनाउन चाहन्छन् ।