४ भाद्र २०८३, बिहीबार
,
Latest
अध्यक्ष राईको प्रश्नः कार्यकारी प्रमुखबाटै अधिकारको दुरुपयोग भए कारबाही गर्ने निकाय कुन हो ? अख्तियारको स्वायत्तता र सुशासनमा राज्यका तीनै अङ्ग जिम्मेवार हुनुपर्छः मुख्य सचेतक दुलाल कारबाही अघि बढाउँदा पदाधिकारीहरूलाई दबाबमा राख्नु खेदजनकः अर्जुननरसिंह केसी विधायिकी अभ्यासमा स्थानीय तहलाई मार्गदर्शन गर्नुपर्नेमा जोड बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल राप्रपा विवादकै बीच किरण थापा मगरले लिए मुख्यमन्त्रीको शपथ बागमतीको मुख्यमन्त्रीमा किरण थापा मगर नियुक्त जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज ‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’ शिक्षक–कर्मचारीको पारिश्रमिक वृद्धिः चार अर्ब ६८ करोड चाहिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसप्रित बुमराह र शाहिन अफ्रिदीमा को बढी खतरनाक ?



अ+ अ-

एजेन्सी । विश्व क्रिकेट फ्यानहरु सन् २०२४ को टी–२० विश्वकपमा भारत र पाकिस्तानबीचको महान् खेलको प्रतीक्षामा छन् । यो खेल जुन ९ मा न्युयोर्कको नासाउ काउन्टी इन्टरनेशनल स्टेडियममा हुनेछ ।

प्रतियोगितामा भारतीय टोलीले जितसँगै सुरुआत गरेको थियो भने अर्कोतर्फ पाकिस्तान पहिलो खेलमा कमजोर अमेरिकासँग पराजित भएको थियो । दुई टोलीबीचको हेड टु हेडमा भारतको अग्रता छ, तर टी–२० ढाँचामा जे पनि हुन सक्छ ।

खेलमा भारतीय टोलीले पाकिस्तानका फास्ट बलर शाहिन अफ्रिदी र पाकिस्तानी टोलीले जसप्रित बुमराहबाट सजग रहनुपर्ने देखिन्छ । यी दुवै दिग्गजसँग मात्र एक ओभरमा खेललाई पल्टाउने शक्ति छ । टी–२० इन्टरनेशनलमा दुवै बलरको प्रदर्शन हेर्दा एउटाले कम रन खर्च गर्छन् भने अर्कोले जोशका साथ विकेट लिन्छन् ।

जसप्रित बुमराहले २६ जनवरी २०१६ मा अष्ट्रेलिया विरुद्ध टी–२० अन्तर्राष्ट्रिय डेब्यू गरेका थिए । उनले हालसम्म खेलेका ६३ टी–२० खेलको ६२ इनिङ्समा १९.२२ को औसत र ६.४९ को इकोनोमीमा ७६ विकेट लिएका छन् । यस ढाँचामा, बुमराहले लगभग हरेक १८ औं बलमा एक विकेट लिन्छन् । ३/११ उनको उत्कृष्ट बलिङ प्रदर्शन हो ।

अर्कोतर्फ, ३ अप्रिल २०१८ मा वेस्ट इन्डिज विरुद्ध टी–२० अन्तर्राष्ट्रिय डेब्यू गरेका शाहिन अफ्रिदीले यस ढाँचामा अहिलेसम्म ६७ खेल खेलिसकेका छन् । यस अवधिमा उनले ६७ इनिङ्समा २०.७२ को औसत र ७.७४ को इकोनोमीमा ९१ सफलता हासिल गरेका छन् । उनले यस ढाँचामा प्रत्येक १६ बलमा १ विकेट लिन्छन् । ४/२२ यो ढाँचामा उनको उत्कृष्ट प्रदर्शन हो ।

पाकिस्तान विरुद्धको टी–२० अन्तर्राष्ट्रियमा बुमराहको प्रदर्शनको बारेमा कुरा गर्दा, उनले ३ खेल खेलेका छन् र ३१.०० को औसतमा २ विकेट लिएका छन् । अर्कोतर्फ शाहिनले भारतविरुद्ध अहिलेसम्म २ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् र २१.६६ को औसतमा ३ विकेट लिएका छन् ।