५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नेपाल-पाकिस्तान मित्रता पार्क’ हस्तान्तरण



अ+ अ-

काठमाडौँ: बुढानीलकण्ठ नगरपालिका–८ मा निर्माण गरिएको ‘पाकिस्तान–नेपाल मित्रता पार्क’ आज एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ । नेपालस्थित पाकिस्तानी राजदूतावासद्वारा आज आयोजित एक कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीले उक्त पार्क हस्तान्तरण गर्नुभयो ।

राजदूत हाश्मीले काठमाडौँमा पाकिस्तान–नेपाल मित्रता पार्क स्थापनाकामा सहकार्य गर्ने बूढानिलकण्ठ नगरपालिका, लायन्स क्लब अफ काठमाडौँ र एचआरएस एडभेन्चर लिमिटेडको प्रशंसा गर्नुभयो । साथै  पार्क निर्माणमा सहयोग गर्ने सामुदायिक र सामाजिक कार्यकर्ताका साथै सहयोग गर्ने सबैप्रति उहाँले कृतज्ञता व्यक्त गर्नुभयो । उक्त पार्क दुई राष्ट्रबीचको चिरस्थायी मित्रताको प्रतीकका रुपमा रहने र दुवै देशका जनताबीच रहेको बलियो सम्बन्धलाई झल्काउने बताउनुभयो ।

राजदूत हाश्मीले द्विपक्षीय सम्बन्ध विश्वास, पारस्परिक सम्मान र सांस्कृतिक आदानप्रदान र शिक्षा, स्वास्थ्य, वातावरण र औषधिलगायतका विभिन्न क्षेत्रमा सहयोगी प्रयासमा जोडिएको आधारमा निर्माण भएको उल्लेख गर्नुभयो । यसले मानवताको हितका लागि मिलेर काम गर्ने प्रतिबद्धतालाई झल्काएको समेत उहाँको भनाइ थियो ।

उक्त पार्क निर्माणका लागि नागरिक समाज र  स्थानीयवासीले दूतावास नगरपालिकालाई धन्यवाद दिँदै बालबालिका युवा तथा वृद्धवृद्धाकोे स्वास्थ्यको हितमा प्रयोग गर्ने ‘ओपन एयर जिम’ स्थापना गरेकोमा खुशी व्यक्त गरेका थिए ।

सो अवसरमा राजदूत हाश्मीसहित बूढानिलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामा, वडा नं ८ का अध्यक्ष सुमन तामाङ, लायन्स क्लब अफ काठमाडौँका गभर्नर लायन हिराप्रसाद दाहाल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्याललगायतको उपस्थिति थियो । रासस