• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री

एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलबाट राससको तस्बिर प्रदर्शनी अवलोकन



photo:rss

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले गणतन्त्र दिवस, २०८१ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस)द्वारा आयोजित ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको आज अवलोकन गर्नुभएको छ ।

केन्द्रीय कार्यालय, भद्रकालीमा आयोजित तस्बिर प्रदर्शनी अवालोकनपछि प्रतिक्रिया दिँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले गणतन्त्र स्थापनापछि केही भएन भन्ने खालको नकारात्मक भाष्य सिर्जना गरिएको स्थितिमा विकास र निर्माणसम्बन्धी तस्बिरहरुको प्रदर्शनीले गणतन्त्रपछिका उपलब्धिहरुलाई लिपिबद्ध गरेको बताउनुभयो ।

उहाँले गणतन्त्र नेपाली जनताको बलिदान र सङ्घर्षबाट प्राप्त भएकाले यसको उपलब्धिलाई संस्थागत गरेर जानुपर्नेमा जोड दिनुभयो । वरिष्ठ उपाध्यक्ष पोखरेललाई राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, महाप्रबन्धक सिद्धराज राईसहितले स्वागत गर्नुभएको थियो । अध्यक्ष झाले राससको विगत, वर्तमान र समाचार उत्पादन प्रक्रियाबारे अवगत गराउनुभएको थियो ।

यही जेठ १० गते सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उद्घाटन गर्नुभएको प्रदर्शनी यही जेठ मसान्तसम्म जारी रहने भएको छ । प्रदर्शनीमा सातवटै प्रदेशमा निर्माण भएका भौतिक पूर्वाधारसम्बन्धी ९५ वटा तस्बिर समावेश गरिएका छन् । रासस