• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री

चलचित्र ‘लण्डन टु पेरिस’को प्रिमियरः गरिमा भन्छिन्, ‘सुध्रिने मौका दिनुहोला’



काठमाडौँ । नेपाली चलचित्र लण्डन टु पेरिसको प्रिमियर भएको छ ।

बिहीवार साँझ काठमाडौंमा चलचित्रको प्रिमियर शो सम्पन्न भएको हो । सो अवसरमा उपसभामुख इन्दिरा रानासहित कलाकारहरुको उपस्थिति रहेको थियो । घनश्याम लामिछाने निर्देशित फिल्ममा निश्चल खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, कविर खड्का, गरिमा शर्मा, रुष्मा थापा, मनिष श्रेष्ठ, लोकविक्रम मल्ल र मनिष गान्धीको अभिनय छ ।

यही फिल्ममार्फत निश्चल र गरिमाले नेपाली रजतपटमा डेब्यु गरेका हुन् । एबी इन्टरनेश्नलको प्रश्तुति रहेको फिल्ममा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत र परी राना निर्माता छन् । प्रिमियर शोपछि बोल्दै अभिनेता शोभित बस्नेतले लण्डन टु पेरिस ठूलो लगानीमा राम्रो चलचित्र बनेको बताउनु भयो ।

उहाँले विदेशमा भएर पनि नेपाली चलचित्रप्रतिको माया उल्लेख्य देखाइएको बताउनु भयो । उहाँले विदेशमा बसेर नेपाली चलचित्रप्रतिको लगाव देख्दा नेपाली चलचित्रकर्मीहरुले गरेको काम भन्दा राम्रो लागेको बताउनु भयो । अभिनेत्री गरिमा शर्माले सानो पर्दामा झैँ ठूलो पर्दाम डेब्यु गर्दा पनि माया पाउने आशा व्यक्त गर्नुभयो । उहाँले आफू ठूलो पर्दामा नयाँ भएकाले सुध्रिने अवसर दिन आग्रह गर्नुभयो ।

सनिश खकुरेल र अजित केआर थापा सह–निर्माता रहेको फिल्ममा अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी कार्यकारी निर्माता छन् । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले फिल्मलाई नेपालभर वितरण गर्नेछ ।

फिल्ममा अभेद परव र कुनाल कदमको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लङ्गनेस फर्नान्डेजको कोरियोग्राफी छ । लङ्नेस ओस्कार अवार्ड विजेता फिल्म ‘स्लमडग मिलेनियर’को गीत ‘जय हो’का कोरियोग्राफर हुन् । चलचित्र आजबाट देशभर प्रदर्शनमा आएको छ ।