• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   कोलम्बिया कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् ★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी

मुख्यमन्त्री सतिसकुमारद्वारा १४ सदस्यीय मन्त्रीपरिषद् गठन



काठमाडौँ । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिसकुमार सिंहले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।

शुक्रवार उहाँले मधेस प्रदेश प्रमुख सुमित्रा भण्डारीबाट शपथ ग्रहण गर्नुभएको हो । साथै १४ जना नवनियुक्त मन्त्रीहरुले पनि पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । मुख्यमन्त्री सिंहले शपथग्रहणकै दिन १४ सदस्यीय मन्त्रीपरिषद् समेत बिस्तार गर्नुभएको छ ।

जसमा भौतिक पूर्वाधार विकासमन्त्रीमा सरोजकुमार यादव, अर्थमन्त्रीमा भरतप्रसाद साह, भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा गोविन्दबहादुर न्यौपाने, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयमा युवराज भट्टराई, शिक्षा तथा संस्कृति मन्त्रीमा राजकुमार लेखी, स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा शत्रुधनप्रसाद सिंह, उर्जा, सिंचाई तथा खानेपानीमन्त्रीमा बेची लुंगेली, खेलकुद तथा समाज कल्याण मन्त्रीमा प्रमोदकुमार जयसवाल, गृह, सञ्चार तथा कानून मन्त्रीमा विमला अन्सारी, श्रम तथा यातायात मन्त्रीमा उर्मिला चौधरी, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा केशव राय, शिक्षा तथा संस्कृति राज्यमन्त्रीमा शारदादेवी थापा र रञ्जुकुमारी मण्डल खंग विना विभागीय मन्त्री बन्नुभएको छ ।