२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेरी नदीमा बस खस्दा १ जनाको मृत्यु, २ जना घाइते



अ+ अ-

सुर्खेत ।  दाङबाट सल्यानको सल्लीबजारतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् । बिहिबार ना ५ ख ७७५० नम्बरको बस  सुर्खेतको गुर्भाकोट नगरपालिका–९ भेरी नदीमा बस खसेको हो ।

दुर्घटनामा दाङको बबइ गाउँपालिका ३, का २१ वर्षीय सुमन नेपालीको मृत्यु भएको सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । प्रहरीका अनुसार गाडीमा तीन जनामात्रै सवार थिए ।

उनका अनुसार अरु २ जना घाइतेलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लगिएको छ ।