२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपले दिए नेपाली क्रिकेट टोलीलाई शुभकामना



अ+ अ-

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना दिएका छन् ।

अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना भएको टी–२० विश्वकप अन्तर्गत नेपालले आज पहिलो खेल खेल्दैछ । त्यसअघि सन्दीपले नेपाली टोलीलाई शुभकामना दिएका हुन् ।

भिसा प्रक्रियाका कारण अमेरिका जान नपाएका सन्दीपले सामाजिक सञ्जालमार्फत भनेका छन् – ‘साथीहरुलाई यो अद्भुत क्षणलाई मेरो शुभकामना । आगामी रोमाञ्चक यात्राको लागि सम्पूर्ण टिमलाई मेरो शुभकामना । आफ्नो उत्कृष्ट दिनुहोस् र विश्वभरका सबै नेपालीहरूलाई गर्व गर्नुहोस् । जय नेपाल ।’

अमेरिकाबाट भिसा पाउन नसकेपछि सन्दीपले विश्वकप गुमाएका थिए । नेपालले आज नेदरल्यान्ड्सविरुद्ध खेल्दै विश्वकपको यात्रा सुरु गर्दैछ । नेपाल र नेदरल्यान्ड्सबीचको खेल राति ९ः१५ बजे सुरु हुनेछ ।