२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलकुद मन्त्रालयको अनुरोधः सबै स्थानीय तहको सार्वजनिक स्थलमा विश्वकप क्रिकेट देखाउनु



अ+ अ-

काठमाडौँ । नेपालले १० वर्षपछि टी–२० विश्वकप खेल्दैछ । देश तथा विदेशमा यसको रौनक छ । विभिन्न स्थानहरुमा आज राति नेपालले खेल्ने खेलहरु ‘स्क्रिनिङ’ गरिँदैछ ।

यसैबीच, युवा तथा खेलकुद मन्त्रालयले सबै स्थानीय तहको सार्वजनिक स्थलमा विश्वकप क्रिकेट देखाउन पत्राचार गरेको छ ।

अमेरिका र वेस्ट इन्डिजमा जारी टि–२० विश्वकप क्रिकेट खेल सार्वजनिक स्थलमा देखाउन सहजीकरण गर्न खेलकुद मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेको हो ।

मन्त्रालयले पत्र काट्दै सबै स्थानीय तहलाई स्रोत र साधन बमोजिम उपयुक्त स्थानमा आईसीसी टी–२० विश्वकपको प्रत्यक्ष प्रसारण गर्न पत्राचार गरेको छ ।

‘प्रस्तुत विषयमा संयुक्त राज्य अमेरिका र वेष्ट इन्डिजमा मिति २०८१ जेष्ठ २० देखि असार १५ सम्म संचालन हुने आइसीसी टि २० विश्वकप प्रतियोगितामा नेपाली क्रिकेट खेलाडीहरुको समेत सहभागीता रहेको हुँदा नेपाली टोलीले प्रतिस्पर्धा गर्ने खेलको अवधिभर सबै स्थानीय तहहरुले सम्बन्धित स्थानीय तहमा उपलब्ध स्रोत र साधन बमोजिम उपयुक्त स्थानमा आइसीसी टि २० विश्वकप क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रशारण गरी नेपाली खेलप्रेमीको हौसला बढाउने वातावरण बनाउन सबै स्थानीय तहमा पत्राचार गरी आवश्यक समन्वय र सहजिकरणको लागि मिति २०८१।२।२० को सचिवस्तरीय निर्णयानुसार अनुरोध छ ।’, पत्रमा भनिएको छ ।

नेपालले आज राति नेपाली समयानुसार सवा ९ बजे नेदरल्यान्ड्सविरुद्ध खेल्दै विश्वकपको सुरुवात गर्दैछ ।