२० मंसिर २०८२, शनिबार
,
Latest
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईसीसीले घोषणा गर्यो विश्वकपको पुरस्कार राशी, कुनै टिम खाली हात नफर्किने



अ+ अ-

एजेन्सी । आईसीसीले टी–२० विश्वकप २०२४ को पुरस्कार राशि घोषणा गरेको छ । आईसीसीले प्रतियोगिताको पुरस्कार राशि ११.२५ मिलियन अमेरिकी डलर राखेको छ, जुन एक कीर्तिमान हो । यो अघिल्ला टी–२० विश्वकप प्रतियोगिताहरू भन्दा धेरै हो ।

गत वर्ष भारतमा भएको एकदिवसीय विश्वकपमा पुरस्कार राशिको बजेट १० मिलियन अमेरिकी डलर थियो । नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्दैछ । प्रतियोगिताको फाइनल जुन २९ मा हुनेछ ।

यसअघिको कुनै पनि टी–२० विश्वकपमा जित्ने टोलीले यति धेरै पैसा पाएका थिएनन् । यो वर्ष यो प्रतियोगितामा कीर्तिमानी २० टोलीले खेल्दैछन् । यसै कारणले यसलाई अहिलेसम्मकै ठूलो टी–२० विश्वकप भनिएको छ ।

पुरस्कार राशीः
विजेताः २.४५ मिलियन डलर
उपविजेताः १.२८ मिलियन डलर
सेमिफाइनलमा हार्ने टोलीः ७,८७,५०० डलर
सुपर ८ बाट बाहिरिने टोलीः ३८२,५०० डलर
९–१२ स्थानमा रहने टोलीः २४७,५०० डलर
१३–२० स्थानमा रहने टोलीः २२५,००० डलर

टी–२० विश्वकपमा प्रारम्भिक राउण्ड अर्थात् समूह चरणमा ४० खेल हुनेछन् । २० टोलीलाई पाँच पाँचको चार समूहमा विभाजन गरिएको छ । समूह चरणमा आ–आफ्नो समूहको शीर्ष स्थानमा रहने दुई टोली सुपर–८ मा पुग्नेछन् । यसपछि सुपर–८ राउण्ड सुरु हुनेछ ।

त्यसपछि सेमिफाइनल र फाइनल खेल बार्बाडोसमा २९ जुनमा हुनेछ । पुरस्कार राशिको घोषणा गर्दा आईसीसीले यो प्रतियोगिता धेरै हिसाबले ऐतिहासिक रहेको भन्दै पुरस्कार राशिलाई पनि ऐतिहासिक राखिएको बताएको छ ।