• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo

अचाक्ली गर्मी बढेपछि रौतहटका चार पालिकामा विद्यालय बन्द



रौतहट । गर्मी अत्यधिक बढेपछि रौतहटका चारवटा पालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरिएको छ ।

गर्मीका कारण पठनपाठनमा समस्या भएपछि गौर, कटहरिया, ईशनाथ र गरुडा नगरपालिकाले तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

उच्च तापमानका कारण विद्यालयमा विद्यार्थीहरू बेहोस हुने तथा लू लाग्ने समस्या आएपछि बर्खे बिदाबाट कट्टा हुनेगरी जेठ १८ गतेसम्मको लागि बिदा दिइएको गौर नगरपालिकाका मेयर शम्भु साहले बताए।

रौतहटमा तापमान ४४ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अबको तीन दिनसम्म गर्मी उच्च हुने अनुमान गरिएको छ।

महाशाखाले विशेष बुलेटिन निकालेर अबका तीन दिनसम्म तातो हावा तथा तातो हावाको लहर सम्भावना रहेको जनाएको छ।