• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   कोलम्बिया कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् ★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी

साँच्चीकै कुन ठाउँमा छ ‘पञ्चायत’को फुलेरा गाउँ ?



एजेन्सी । कम बजेटमा ओटीटीमा बनेको वेब सिरिजलाई पनि मानिसहरूले मन पराउँछन् र कम स्टार कास्ट भएकाले त्यसको चारैतिर चर्चा हुन्छ भन्ने कुराको पुष्टि गर्ने सिरिज हो पञ्चायत । अहिले ‘पञ्चायत’को तेस्रो सिजन रिलिज भएको छ । जसका कारण अहिले चर्चामा छ ।

यस्तो अवस्थामा के तपाईलाई थाहा छ पञ्चायतको ‘फुलेरा’ गाउँ कुन ठाउँमा छ भनेर ?

यो सिरिजमा फुलेरालाई उत्तर प्रदेशमा रहेको देखाइएको छ । तर, यो मध्य प्रदेशको गाउँ हो । वेब सिरिजको सुटिङ यहीँ भयो । विशेष कुरा के हो भने यो गाउँसँग मुख्यमन्त्रीको पनि विशेष सम्बन्ध छ ।

यूपीको बलियामा रहेको फुलेरालाई पञ्चायत वेब सिरिजको आधार बनाइएको हुन सक्छ तर वास्तवमा यो वेब सिरिज मध्य प्रदेशको महोदिया गाउँमा छायांकन गरिएको हो । यो गाउँमा दुई महिनामा पूरै पञ्चायत वेब सिरिज छायांकन गरिएको थियो, जसलाई जनताबाट धेरै माया मिलेको थियो ।

पञ्चायत वेब सिरिजमा उल्लेख गरिएको फुलेरा गाउँ राजस्थानमा भए पनि यो वेब सिरिजको सुटिङ न राजस्थानमा भएको छ न उत्तर प्रदेशमा ।

अनस्क्रिन ग्राम पञ्चायत फुलेरा मध्य प्रदेशका पूर्व मुख्यमन्त्री शिवराज सिंह चौहानको गाउँ नजिकै छ । यो वेब सिरिजको सेट शिवराज सिंह चौहानको पुर्ख्यौली गाउँ महोदियाबाट केही किलोमिटरको दूरीमा रहेको गाउँमा बनाइएको हो ।

पञ्चायत वेब सिरिजले निकै सफलता हासिल गरेपछि यो तेस्रो भाग बनाइएको हो । पञ्चायतको यो भागले पनि जनताको धेरै माया पाइरहेको छ । यस गाउँमा पूर्व सरपंचको घर, पञ्चायत भवन, गाउँको पानी ट्यांकी जस्ता ठाउँमा वेब सिरिजको दृश्य छायांकन गरिएको छ ।

यसको सुटिङमा गाउँका मानिसहरु पनि सहयोग गर्न अगाडि आउँछन् भने अहिले यो वेब सिरिजका कारण महोदिया पनि निकै चर्चित भएको छ, जसलाई हेर्न टाढा–टाढाबाट मानिसहरु आउने गरेका छन् ।