२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल–दाहाल निर्वाचन आयोगमा, निर्वाचनको तयारी रोक्न माग



अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको तयारी सुरु गरेपछि त्यसलाई रोक्न माग गर्दै नेकपा नेपाल–दाहाल समूहका अध्यक्षहरु  माधव कुमार नेपाल र पुष्पकमल दाहाल प्रचन्ड निर्वाचन आयोग पुग्नु भएको छ ।

सर्वाेच्च अदालतमा रिट विचाराधीन रहेको अवस्थामा निर्वाचनको प्रक्रिया अगाडि बढाएपछि त्यसलाई रोक्न माग गर्न अध्यक्षहरु आयोग जानुभएको नेकपा नेता खिमलाल देबकोटाले न्यूजपोलारलाई जानकारी दिनुभयो ।  

यसैगरी आयोगले नेकपामा दुबै समूहलाई थप कागजपत्र पेश गर्न पत्राचार गरेपछि त्यस विषयमा पनि आयोग पदाधिकारीहरुसँग कुरा हुने उहाँले जानकारी दिनुभयो ।

हाल सर्वाेच्च अदालतमा विचाराधीन रहेको प्रतिनिधिसभा विघटन सम्बन्धि मुद्दाको टुङ्गो लाग्न केही समय लाग्ने अवस्था रहे पनि  निर्वाचन तयारीको काम तत्काल रोक्नु भन्ने अन्तरिक आदेश जारी नभएका कारण आयोगले तयारी सुरु गरेका हो ।