१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला छ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ३८ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार ५५० रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १९ सय ३० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।