काठमाडौं । राष्ट्रिय शैक्षिक परामर्श संघले आफ्नो दोस्रो वार्षिक साधारण सभा भब्यताका साथ सम्पन्न गरेको छ । कोभिड९ १९ को विष्वब्यापी असरको बाबजुदल्भ्ऋब् ले भर्चुअल माध्यमबाट कार्यक्रम सम्पन्न गरेको थियो ।
नेकाका अध्यक्ष सन्तोष प्याकुरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमा प्रमुखअथिति माननिय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपालश्रेष्ठ, विशेष अथितिशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिब श्री गोपीनाथ मैनाली, त्यसैगरि अथितिहरुमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सह सचिब तथा उच्च शिक्षा महाशाखाका प्रमुख इमनारायण श्रेष्ठ, वैदेशिकअध्ययन अनुमति शाखाका प्रमुखदिलनाथ पुरी, अस्ट्रेलिया स्थित नेपालका राजदुत महेशराज दाहाल, शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाका प्रमुख फटिक बहादुर के.सी., व्रिटिस काउन्सिलका परिक्षा निर्देशक म्यासिम रेमेन, आइडिपी आइएलटियसका अपरेसन हेड कविर खड्गी, अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारी, अष्ट्रलिया दूतावास नेपालका कार्यकारी राजदुत चार्ज डि अफेयर्स, एनआरएन ग्लोबलका उपाध्यक्ष मन के.सी., क्यानडा ट्रेड कमिसन नेपालका सल्लाहकार द्विराज शर्मा शिवाकोटीको उपस्थिति रहेको थियो ।
नेकाका महासचिव राकेश श्रेष्ठ द्घारा संचालित भर्चुअल सभामा माननिय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले आफ्नो स्वागत मन्तब्य राख्दै वैदेशिकअध्ययनको क्रममा विद्यार्थीहरु अध्ययन गर्न जाँदा महामारीको समयमा बुझेर शैक्षिकअभियानलाई पुरा गर्न अग्रह गर्नुभयो ।
नेकाले छोटो समयमै अग्रणी छलाङ्ग मारेकोमाआगामी दिनमा पनि महत्वपुर्ण कार्य गर्दै सम्पुर्ण शैक्षिक परामर्श ब्यवसायीको हकहितमा कार्य गर्नेछ भन्दै शुभकामना मन्तब्य दिनुभयो त्यस्तै अन्य अथितिहरुले पनि नेकाले छोटो समयमा गरेको कामको उच्च प्रशंशा गर्दै भविस्यका दिनमा पनि सम्पुर्ण परामर्श ब्यवसायीको हकहितको लागिकार्य गर्नेछ, विधार्थी र अभिभावकको आवस्यकता र चाहना पुरा गर्ने कार्य गर्ने छ भन्दै शुभकामना मन्तब्य दिनुभयो ।
कार्यक्रमकै दौरानमा क्यानडा शिक्षाको वारेमा जानकारी गराउन ईन्डियन हाई कमिसन क्यानडा, नयाँदिल्लीको ट्रेड कमिसनर अनुजबासिनको उपस्थिति रहेको थियो, उहाँले क्यानडा शिक्षाको वारेमा जानकारी दिदै क्यानडा कलेज तथा विश्वविद्यालयको अवस्था, विद्यार्थीहरुले क्यानडामा उच्चशिक्षा अध्ययनगर्न जाँदा पुरा गर्नु पर्ने आवश्यकताहरु, विद्यार्थीहरु क्यानडा गएर वस्दा, पढ्रदा हुने खर्च, विद्यार्थीहरुले अध्ययन पुरा गरिसकेपछि पाउने सुविधाहरु लगायत विविधपक्षमा नेकामाआवद्घ परामर्श ब्यवसायीहरुलाई जानकारी गराउनु भयो ।
कार्यक्रमको समापनगर्दै नेकाकाअध्यक्ष सन्तोष प्याकुरेलले जस्तोसुकै विषम परिस्थितीको वावजुद पनि नेका सदैव ब्यवसायिकहकहितको लागी सधै अग्रस्थानमा रहेर कार्य गर्ने छ, परामर्श दिने संस्थाहरुलाई सक्षमता, समानता र समुन्नतिकालागि सदैव लागि पर्ने उदेश्यका साथ राष्ट्रिय शैक्षिक परामर्श संघ अगाडि बढ्नेमा दृढ प्रतिज्ञा गर्दै जाने जानकारी गराउनु भयो ।











