४ भाद्र २०८३, बिहीबार
,
Latest
हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना पौडी खेल्ने क्रममा डुबेर दुई जना बेपत्ता भारत र जापानबिच रक्षा सम्बन्ध थप सुदृढ बनाउने सहमति जापानमा रेलको ठक्करबाट चार जनाको मृत्यु दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ नाडाको ५० वर्षे यात्रा: ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९… दिगो वन व्यवस्थापन र डढेलो नियन्त्रणमा प्रविधिको प्रयोग बढाउने विषयमा छलफल दाङमा चार दिनमा ३७ भरुवा बन्दुक बरामद जापानिज इन्सेफ्लाइटिसः सप्तरी र कैलालीमा चार जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोहलीले टी–२० विश्वकपका अभ्यास खेल नखेल्ने



अ+ अ-

एजेन्सी । भारतीय टिमका स्टार ब्याट्सम्यान विराट कोहलीले टी–२० विश्वकपअघि हुने अभ्यास खेलमा खेल्ने छैनन् । कोहलीले आईपीएलपछि खेलबाट छोटो ब्रेक लिएका छन् ।

जसका कारण उनी जुन १ मा बंगलादेशसँग हुने टिम इन्डियाको अभ्यास खेलमा खेल्ने छैनन् । टोलीका उपकप्तान हार्दिक पाण्ड्या र सञ्जु सामसन पनि ढिलो टोलीमा आउनेछन् ।

अमेरिका र वेस्ट इन्डिजमा जुन २ बाट हुने टी–२० विश्वकपका लागि भारतीय टोलीको पहिलो समूह मे २५ मा प्रस्थान गरेको छ । स्टार ब्याट्सम्यान विराट कोहली पहिलो समूहसँगै गएका छैनन् ।

‘कोहलीले हामीलाई पहिले नै बताइसकेका थिए कि उनी टोलीमा ढिलो हुनेछन् र त्यसैले बीसीसीआईले उनको भिसा अपोइन्टमेन्टमा ढिलाइ गरेको छ, ’बीसीसीआईका एक अधिकारीले द इन्डियन एक्सप्रेसलाई भने । उनी मे ३० को बिहान न्यूयोर्क जाने अपेक्षा गरिएको छ । उनको आग्रहलाई बीसीसीआईले स्वीकार गरेको छ ।

कोहलीले आईपीएल २०२४ मा उत्कृष्ट प्रदर्शन गरेका थिए । यो सिजन ओरेन्ज क्यापको दौडमा उनी अगाडि छन् । उनले १५ खेलमा ७४१ रन बनाए, उनको औसत ६१.७५ र स्ट्राइक रेट १५३ भन्दा बढी थियो

यसपटकको टी–२० विश्वकप जुन २ बाट वेस्ट इन्डिज र अमेरिकामा हुँदैछ । उद्घाटन खेल अमेरिका र क्यानडाबीच हुनेछ । भारतीय टोलीको पहिलो खेल जुन ५ मा न्युयोर्कमा आयरल्याण्डसँग हुनेछ ।