२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुरबासीले मनाएर पृथ्वी जयन्ति



अ+ अ-

भरतपुर । भरतपुरको चौबिसकोठीमा, हेरेक वर्ष जस्तै यस वर्ष पनि  पृथ्वी जयन्ति धुमधामका साथ् मनाइएको छ।  देशव्यापी रुपमा पृथ्वी जयन्ति धुमधाम संग मनाइरहिएको बेला भरतपुरबासिले पनि पृथ्वी जयन्ति मनाएर पृथ्वी जयन्तिको महत्वलाई अझ बढाउने काम गरेका छन्।

पृथ्वी नारायण शाह प्रतिस्ठानको मुख्य आयोजनामा गरिएको यस कार्यक्रमको अध्यक्ष्यता पृथ्वी प्रतिष्ठानका अध्यक्ष्य श्री मोहन बिर्क्रम शाहले गर्नु भएको थियो भने राष्ट्रिय नागरिक आन्दोलन २०७७  का विदेश बिभाग प्रमुख तथा केन्द्रिय अभियन्ता साथै एन आर एन नेदरल्यान्ड्सका अध्यक्ष्य श्री श्रीराम कंडेलको प्रमुख आतिथ्यता रहेको थियो।  

सभापतिको आशनबाट बोल्दै शाहले पृथ्वी जयन्ति सधै मनाउदै आइ रहिएको र सधैं मनाउदै गइने कुराको प्रतिबध्दता ब्यक्त गर्नु भएको थियो भने प्रमुख अतिथिको आशनबाट बोल्दै कंडेलले सगरमाथा, सिद्धार्थ गौतम, माता जानकी, पशुपतिनाथ को जस्तै महत्व  पृथ्वी नारायण शाहको पनि रहेको र पृथ्वी नारायण शाहलाई एकताको प्रतिक नमान्नेहरु नेपालि सपुत हुन नसक्ने भन्दै पृथ्वी नारायण शाह प्रति माल्ल्यार्पण गर्न सकिन्न भन्ने प्रति कटाक्ष्य गर्नु भएको थियो।  

राजसंस्था, हिन्दु राष्ट्र र नागरिक आन्दोलनहरु देशभरी उर्लीरहेकोबेला यसरि भब्य रुपमा मनाउन थालिएको पृथ्वी नारायण शाहको जन्म जयन्तीलाई जनताले धेरै महत्वका साथ् हेरिरहेका छन्।

देशको भ्रस्टाचार, बेतिथी, अनियमितता, बिकाशमा सुन्यता, अस्त ब्यस्त जन(जिबन, बेरोजगारी आदिका कारणले अहिलेको सरकारको बिकल्पकै रुपमा पनि राजसंस्थाको आकर्षण बढ्दै गएको कुरा समेत धेरै दर्सकहरुले बताएका छन।  

उक्त कार्यक्रममा स्वागत मन्तब्य पबित्र जोशीले गर्नु भएको थियो भने, सकुन्तला शाही ठकुरी, कृष्ण लामा, जिबलाल पुरी लगायतका बक्ताहरुले आआफ्नो बिचार ब्यक्त गर्नु भएको थियो।