८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

आईपीएल फाइनल: कोलकाता र हैदराबाद पहिलो पटक भिड्दै, कसले मार्ला त बाजि?

आईपीएल फाइनल: कोलकाता र हैदराबाद पहिलो पटक भिड्दै, कसले मार्ला त बाजि?
अ अ+ अ-

एजेन्सी । आईपीएल २०२४ को फाइनल खेलमा आज कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावाद भिड्दैछन्। चेन्नईको एमए चिदम्बरम स्टेडियम (चेपौक)हुन लागेको खेल नेपाली समयअनुसार बेलुकाको ७:४५ बजेबाट सुरु हुनेछ ।

यी दुई टोलीले यस सिजनको क्वालिफायर–१ पनि खेलेका थिए, जसमा कोलकाता ८ विकेटले विजयी भएको थियो । फाइनलमा पहिलो पटक कोलकाता र हैदरावाद भिड्दैछन् । आज कोलकाताले दुई वर्षपछि र हैदराबादले पाँच वर्षपछि फाइनल खेल्दैछ।

केकेआर चौथो पटक आईपीएलको फाइनल खेल्न लागेको हो । जसमा केकेआरले दुई पटक उपाधि जितेको छ । लिग चरणमा कोलकाताले १४ मध्ये ९ खेलमा जित हात पारेको थियो भने ३ खेलमा मात्रै हार बेहोरेको थियो । टोली २० अंकसहित नम्बर १ बनेर प्लेअफमा पुग्न सफल भयो । यससँगै पहिलो क्वालिफायरमा कोलकाताले हैदरावादलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

हैदरावादले डेभिड वार्नरको कप्तानीमा २०१६ मा आइपिएलको उपाधि जितेको थियो। गत सिजन हैदरावाद १० नम्बरमा थियो । तर यो सिजन उत्कृष्ट पुनरागमन गर्दै उपाधि जित्ने नजिक पुगेको हो। यो सिजन हैदरावादले ८ खेल जितेको छ भने ५ खेलमा हार बेहोरेको छ । एक खेल वर्षाका कारण रद्द भएको थियो । हैदरावाद १७ अंकसहित दोस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको थियो ।

हेड टु हेडमा केकेआर अगाडि

केकेआर हेड टु हेडमा हैदराबाद भन्दा अगाडि रहेको छ । अहिलेसम्म दुई टोलीबीच हालसम्म २७ खेल भएका छन् । जसमध्ये केकेआरले १८ खेल जितेको छ भने हैदराबादले ९ खेल जितेको छ ।

यस सिजनमा दुई टोलीबीच दुई खेल भएका थिए जसमा दुवै खेल कोलकाताले जितेको थियो । लिग चरणमा केकेआरले इडेन गार्डेनमा मात्र ४ रनको अन्तरले जितेको थियो । यस्तै, दोस्रो क्वालिफायर–१ मा कोलकाता ८ विकेटले विजयी भएको थियो ।

कोलकाता नाइट राइडर्सको सम्भावित प्लेईङ​ ११:

श्रेयस अय्यर (कप्तान), रहमानउल्लाह गुरबाज (विकेटकीपर), रिंकु सिंह, रमनदीप सिंह, भेंकटेश अय्यर, सुनील नारायण, आन्द्रे रसेल, हर्षित राणा, वैभव अरोरा, मिचेल स्टार्क र वरुण चक्रवर्ती।

इम्प्याक्ट प्लेयर: अङ्क्रिश रघुवंशी

सनराइजर्स हैदरावादको सम्भावित प्लेईङ​ ११:

प्याट कमिन्स (कप्तान), ट्राभिस हेड, राहुल त्रिपाठी, हेनरिक क्लासेन (विकेटकिपर), अब्दुल समद, एडेन मार्कराम, अभिषेक शर्मा, नितिश रेड्डी, भुवनेश्वर कुमार, टी नटराजन र मयंक मार्कंडे।

इम्प्याक्ट प्लेयर: शाहबाज अहमद