१ असार २०८३, सोमबार
,
Latest
एमाले प्रचार शैली प्रविधि अभावका कारण ‘रक्षात्मक’ बनेको स्वीकार, डिजिटल दक्षता बढाउन जोड सुस्तामा सीमा सुरक्षाका लागि सरकारले तत्काल सशष्त्र प्रहरीको स्थायी क्याम्पको व्यवस्था गर्नुपर्दछः सचेतक मेचे सङ्घीय निजामती ऐन तत्काल जारी गर्न लोक सेवा आयोगको आग्रह, एकल विश्वविद्यालय सेवा आयोग बनाउन… १८ दिन बितिसक्दा समेत मन्त्रालयगत बजेट विवरण सार्वजनिक नगरिएको भन्दै नेकपाले उठायो सरकारको पारदर्शितामाथि प्रश्न काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०८३\०८४ का लागि नीति तथा कार्यक्रम पारित भारतसँग देखिएको चिया निर्यात सम्बन्धि समस्या सरकारले तत्काल सम्बोधन गरोस्ः जयन्तिदेवी राई केन्द्रीय कानुन पुस्तकालय खारेज नगर्न बारको आग्रह शिक्षक सरुवासम्बन्धी नयाँ निर्देशन जारी, पदपूर्ति र बढुवा प्रक्रियामा कडाइ खर्च कटौतीका एक दर्जन प्रस्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न अपि हिमालको काखमा क्रिकेटः ‘खेलबाट खुल्दै पर्यटनको नयाँ ढोका’
तपाईं के खोज्दै हुनुहुन्छ ?

५२ औँ जन्मदिनको अवसरमा करण जोहरले गरे नयाँ फिल्मको घोषणा



अ+ अ-

एजेन्सी । चलचित्र निर्माता करण जोहर आज अर्थात मे २५ मा ५२ वर्षका भएका छन् । यो विशेष अवसरलाई थप विशेष बनाउन उनले भव्य पार्टी आयोजना गरेका थिए । यस अवसरमा सिने जगतका धेरै स्टारहरू उपस्थित समेत रहेका थिए ।

जन्मदिनको अवसरमा करणले आफ्ना फ्यानहरुलाई पनि ठूलो उपहार दिएका छन् । उनले इन्स्टाग्राममा आफ्नो नयाँ तस्विर शेयर गरेका छन् । तस्विरमा करणले सेतो शर्ट लगाएको र हातमा नोटबुक लिएको देखिन्छ । नोटबुकको कभरमा ‘अनटाइटल नेरेसन ड्राफ्ट । करण जोहर द्वारा निर्देशित। २५ मे २०२४’ लेखिएको छ। करण जोहरले यसको क्याप्सनमा लेखेका छन्, ‘गेट सेट गो’।

करण जोहरले आफ्नो जन्मदिनको विशेष अवसरमा नयाँ फिल्मको घोषणा गरेका हुन्।

सेलेब्ससँगै फ्यानले पनि करणलाई यो पोस्टमा बधाई दिइरहेका छन् । यसका साथै फ्यानहरुले शाहरुख खान र काजोललाई एकपटक फेरि सिल्भर स्क्रिनमा ल्याउनुपर्ने बताएका छन् । इन्स्टाग्राममा मलाइका अरोरा, कृति सेनन, मनिष मल्होत्रा, गुनीत मोंगा, नेहा धुपिया र किम शर्मा जस्ता स्टारहरूले करण जोहरलाई बधाई दिएका छन्।

रकी र रानीको प्रेम कहानी पछि यो करण जोहरको अर्को फिल्म बन्न लागेको हो ।

 




भर्खरै