• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
Latest
★   संसद सचिवालयका कर्मचारीको मागबारे बैठक सकारात्मक, माग सम्बोधन नभए आन्दोलन जारी रहने चेतावनी ★   कोशी प्रदेशमा चट्याङबाट एक दशकमा दुई सय ५४ को मृत्यु ★   ‘नदी धमिलिने बित्तिकै मेलम्ची बन्द’ ★   भारतमा रेल दुर्घटनामा परी पाँच जनाको मृत्यु ★   सङ्खुवासभा बाढीपहिरो: १० वर्षमा २१ जनाको मृत्यु, ३८ जना बेपत्ता ★   नेकपा (एस) भित्र विचारमा कुनै मतभेद छैन: माधवकुमार नेपाल ★   धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खम्बा बाङ्गियो ★   काठमाडौं महानगर बिरुद्ध कबाड व्यवसायीको दोस्रो दिन पनि प्रदर्शन ★   योग साधना सम्पन्न ★   देशभित्र भविष्य देख्ने वातावरण बनाउन गुणस्तरीय शिक्षामा जोड दिऔँ : प्रधानमन्त्री

राजस्थानको हारसँगै शिमरोन हेटमायरलाई भारी जरिवाना



एजेन्सी । दोस्रो क्वालिफायरमा राजस्थान रोयल्स पराजित भएसँगै शिमरोन हेटमायरलाई पनि ठूलो झट्का लागेको छ । उनलाई खेल शुल्कको १० प्रतिशत जरिवाना गरिएको छ ।

सनराइजर्स हैदरावादविरुद्धको खेलमा हेटमायरले आईपीएलको नियम तोडेका थिए । जसका कारण उनलाई जरिवाना लगाइएको हो । आइपिएल २०२४ को दोस्रो क्वालिफायरमा हैदरावादले राजस्थानलाई पराजित गरेको थियो। यो जितसँगै टोली फाइनलमा प्रवेश गरेको छ ।

आईएनएस समाचारका अनुसार हेटमायरले लेभल एकको अपराध गरेका छन् । शुक्रबारको खेलमा सनराइजर्स हैदरावादका अलराउन्डर अभिषेक शर्माले हेटमायरलाई केवल ४ रनमा आउट गर्दै क्लिन बोल्ड गरेका थिए । आउट भएपछि हेटमायरले आक्रमक हुदै स्टम्पमा हिर्काएका थिए । यो आईपीएल आचार संहिता अन्तर्गतको धारा २.२ को अंश हो। जसका कारण हेटमायरले म्याच फीको १० प्रतिशत जरिवाना तिर्नुपर्नेछ ।

हेटमायर भन्दा पहिले आईपीएलमा अन्य खेलाडीलाई जरिवाना गरिएको थियो । मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्या र दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई पनि एक एक खेलको प्रतिबन्ध लगाइएको थियो ।

हेटमायरले आईपीएल २०२४ मा निराशाजनक प्रदर्शन गरेका छन् । उनले १२ खेलमा ११३ रन मात्र बनाएका छन् । हेटमायरले एक पनि अर्धशतक बनाउन सकेनन् । उनले शुक्रबार हैदरावादविरुद्ध पनि खास केही गर्न सकेनन् । हेटमायरले हैदरावादविरुद्ध १० बलमा ४ रन मात्र बनाएका थिए ।