४ भाद्र २०८३, बिहीबार
,
Latest
बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना पौडी खेल्ने क्रममा डुबेर दुई जना बेपत्ता भारत र जापानबिच रक्षा सम्बन्ध थप सुदृढ बनाउने सहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजस्थानको हारसँगै शिमरोन हेटमायरलाई भारी जरिवाना



अ+ अ-

एजेन्सी । दोस्रो क्वालिफायरमा राजस्थान रोयल्स पराजित भएसँगै शिमरोन हेटमायरलाई पनि ठूलो झट्का लागेको छ । उनलाई खेल शुल्कको १० प्रतिशत जरिवाना गरिएको छ ।

सनराइजर्स हैदरावादविरुद्धको खेलमा हेटमायरले आईपीएलको नियम तोडेका थिए । जसका कारण उनलाई जरिवाना लगाइएको हो । आइपिएल २०२४ को दोस्रो क्वालिफायरमा हैदरावादले राजस्थानलाई पराजित गरेको थियो। यो जितसँगै टोली फाइनलमा प्रवेश गरेको छ ।

आईएनएस समाचारका अनुसार हेटमायरले लेभल एकको अपराध गरेका छन् । शुक्रबारको खेलमा सनराइजर्स हैदरावादका अलराउन्डर अभिषेक शर्माले हेटमायरलाई केवल ४ रनमा आउट गर्दै क्लिन बोल्ड गरेका थिए । आउट भएपछि हेटमायरले आक्रमक हुदै स्टम्पमा हिर्काएका थिए । यो आईपीएल आचार संहिता अन्तर्गतको धारा २.२ को अंश हो। जसका कारण हेटमायरले म्याच फीको १० प्रतिशत जरिवाना तिर्नुपर्नेछ ।

हेटमायर भन्दा पहिले आईपीएलमा अन्य खेलाडीलाई जरिवाना गरिएको थियो । मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्या र दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई पनि एक एक खेलको प्रतिबन्ध लगाइएको थियो ।

हेटमायरले आईपीएल २०२४ मा निराशाजनक प्रदर्शन गरेका छन् । उनले १२ खेलमा ११३ रन मात्र बनाएका छन् । हेटमायरले एक पनि अर्धशतक बनाउन सकेनन् । उनले शुक्रबार हैदरावादविरुद्ध पनि खास केही गर्न सकेनन् । हेटमायरले हैदरावादविरुद्ध १० बलमा ४ रन मात्र बनाएका थिए ।