• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
Latest
★   वैचारिक, राजनीतिक कार्यदिशामा आधारित भएर सहमतिमा नेतृत्व चयन गर्नुपर्छ: झलनाथ खनाल ★   सरकार र आन्दोलनरत ट्याङ्कर चालकबिच सहमति ★   संसद सचिवालयका कर्मचारीको मागबारे बैठक सकारात्मक, माग सम्बोधन नभए आन्दोलन जारी रहने चेतावनी ★   कोशी प्रदेशमा चट्याङबाट एक दशकमा दुई सय ५४ को मृत्यु ★   ‘नदी धमिलिने बित्तिकै मेलम्ची बन्द’ ★   भारतमा रेल दुर्घटनामा परी पाँच जनाको मृत्यु ★   सङ्खुवासभा बाढीपहिरो: १० वर्षमा २१ जनाको मृत्यु, ३८ जना बेपत्ता ★   नेकपा (एस) भित्र विचारमा कुनै मतभेद छैन: माधवकुमार नेपाल ★   धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खम्बा बाङ्गियो ★   काठमाडौं महानगर बिरुद्ध कबाड व्यवसायीको दोस्रो दिन पनि प्रदर्शन

पावरप्लेमा बोल्टको सबैभन्दा बढी विकेट, चहल सर्वाधिक छक्का खाने बलर



Trent Boult of Rajasthan Royals celebrates the wicket of Abhishek Sharma of Sunrisers Hyderabad during the qualifier 2 match of the Indian Premier League season 17 (IPL 2024) between Sunrisers Hyderabad and Rajasthan Royals held at the MA Chidambaram Stadium, Chennai on the 24th May 2024. Photo by Ron Gaunt / Sportzpics for IPL

एजेन्सी । आईपीएल २०२४को क्वालिफायर-२ मा, सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई ३६ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। शुक्रबार चेन्नईको चेपौक स्टेडियममा राजस्थानले टस जितेर बलिङ रोजेको थियो । हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर १७५ रन बनाएको थियो । जवाफमा राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर १३९ रन मात्रै बनाउन सकेको थियो ।

खेलमा आरआरका ट्रेन्ट बोल्टले ३ विकेट लिए । उनी यो सिजन पावरप्लेमा सबैभन्दा बढी विकेट लिने बलर बनेका छन् । यो सिजन हेनरिक क्लासेनले स्पिनविरुद्ध सर्वाधिक छक्का प्रहार गरेका छन् । योसँगै चहलको बलमा आईपीएलको इतिहासमा सबैभन्दा बढी छक्का प्रहार हुने बलर बनेका छन् ।

१.चहल सबैभन्दा धेरै छक्का प्रहार हुने बलर
युजवेन्द्र चहल आईपीएलको इतिहासमा सबैभन्दा बढी  छक्का प्रहार हुने बलर बनेका छन् । लिगमा बलिङ गर्दा उनले कुल ३५२२१ बल बलिङ गरेका छन् । जसमा उनको बलमा २२३ छक्का प्रहार भएको छ । उनले पियुष चावलालाई पछाडि छोडे। चावलाको बलमा आईपीएलमा हालसम्म २२२ छक्का प्रहार गरिसकेका छन् ।

२. पावरप्लेमा सबैभन्दा धेरै रन बनाउने दोस्रो ब्याट्सम्यान बने हेड

अष्ट्रेलियाका ब्याट्सम्यान ट्राभिस हेड आईपीएलको एक सिजनमा पावरप्लेमा सर्वाधिक रन बनाउने दोस्रो ब्याट्सम्यान बनेका छन् । यस सिजन एसआरएचबाट खेल्दा उनले अहिलेसम्म ४०२ रन बनाएका छन्। यो सूचीमा अष्ट्रेलियाका ब्याट्सम्यान पनि शीर्ष स्थानमा छन् । सन् २०१६ मा एसआरएचबाट खेल्दा डेभिड वार्नरले पावरप्लेमा कुल ४६७ रन बनाएका थिए। यो सिजन वार्नरले कुल ८४८ रन बनाएका छन्।

३. क्लासेनको स्पिनविरुद्ध सबैभन्दा बढी छक्का

एसआरएचका ब्याट्सम्यान हेनरिक क्लासेन यस सिजन स्पिनविरुद्ध सबैभन्दा बढी छक्का प्रहार गर्ने खेलाडी बनेका छन् । क्लासनले यो सिजन ११४ स्पिन बलको सामना गरे जसमध्ये उनले २३ बलमा छक्का प्रहार गरे। क्लासनले आफ्नै सहकर्मी अभिषेक शर्मालाई पछाडि छोडे। अभिषेकले स्पिन बलरलाई २२ छक्का प्रहार गरेका छन् ।

४.कप्तानको रूपमा कमिन्सको १७ विकेट

एसआरएचका कप्तान प्याट कमिन्सले यो सिजन कुल १७ विकेट लिएका छन् । कप्तानका रूपमा उनी एक सिजनमा सबैभन्दा बढी विकेट लिनेमा दोस्रो स्थानमा छन्। यो सुचीमा शेन वार्न शीर्ष स्थानमा छन् । सन् २००८ मा अर्थात् पहिलो सिजनमा वार्नले राजस्थान रोयल्सको कप्तानी गर्दा कुल १९ विकेट लिएका थिए ।

५. एक इनिङमा दोस्रो उत्कृष्ट स्पिन फिगर

एसआरएच स्पिनरले दोस्रो इनिङ्समा ७ मध्ये ५ विकेट लिएका छन् । योसँगै स्पिनरहरूले यो सिजन एक इनिङमा दोस्रो उत्कृष्ट अंक दिएका छन् । सोही सिजनमा पिबिकेएसको घरेलु मैदानमा गुजरात टाइटन्सका स्पिनरले ७ विकेट लिएका थिए । एसआरएच स्पिनरले ५ विकेट लिँदा ५७ रन मात्र दिए ।

७. पावरप्लेमा बोल्टको सबैभन्दा बढी विकेट

ट्रेन्ट बोल्टले यो सिजन पावरप्लेमा सबैभन्दा बढी विकेट लिएका छन् । शुक्रबार पावरप्लेमा उनले कुल ३ विकेट लिए । उनले एसआरएचका भुवनेश्वर कुमारलाई पछाडि छोडे। भुवीले यो सिजन पावरप्लेमा १० विकेट लिएका छन् । उनले क्वालिफायर–२ मा कुनै सफलता पाउन सकेनन् ।