१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता मन्त्रिपरिषद् बैठक बस्दै रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

दु:खबाट मुक्ति पाउन मोहिनी एकादशीको व्रत



अ+ अ-

काठमाडौँ । दु:ख र पापबाट मुक्ति पाउने जनविश्वासका साथ प्रत्येक वर्ष वैशाख शुक्ल एकादशीका दिन ‘मोहिनी एकादशी’ पर्व मनाइन्छ । मोहिनी एकादशीका नामले चिनिने यो दिन व्रत गर्नाले मानिस दु:ख र पापको मोहजालबाट मुक्त हुने प्रसङ्ग विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

यो एकादशीको माहात्म्य पछिल्लो समय भगवान् श्रीकृष्णले युधिष्ठिरलाई बताउनुभएको ती ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो ।

वैशाख शुक्ल एकादशीका दिनमा पर्ने मोहिनी एकादशी व्रतका विषयमा त्रेतायुगमा रामचन्द्रले पनि गुरु वशिष्ठसँग प्रश्न गर्नुभएको थियो । सीता वियोगका बेला दु:ख र कष्ट नाशका लागि भगवान् रामचन्द्रले गुरु वशिष्ठसँग यो जिज्ञासा राखेपछि यसको महत्वका बारेमा उहाँले प्रष्ट पार्नुभएको कथा रामायणलगायत ग्रन्थमा पनि उल्लेख गरिएको भट्टराईले बताउनुभयो ।

गुरु वशिष्ठले सरस्वती नदी किनारको सुमना भद्रावती नामक नगरका राजाका कान्छा छोराको कथासमेत सुनाएर यो एकादशी व्रतका बारेमा प्रष्ट पार्नुभएको शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । आजका दिन व्रत गरेमा दु:ख, कष्टलगायत मोहजालबाट मुक्त भइने शास्त्रीय मान्यता रहेको छ ।रासस