४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोटेनहमले रोक्न सकेन म्यान्चेस्टर सिटीलाई, हालाण्डको दुई गोलमा सिटी उपाधि नजिक



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा सिटीले टोटेनहमलाई उसकै घरेलु मैदानमा २–० गोलले पराजित गरेको हो । जितसँगै सिटी उपाधि नजिक पुगेको छ ।

सिटीलाई महत्वपूर्ण जित दिलाउन एर्लिङ हालाण्डले दुबै गोल गरे । उनले खेलको ५१ औं मिनेटमा पहिलो गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । केभिन डि ब्रुएनाको पासमा हालाण्डले बललाई जाली चुमाए ।

खेलको ८६ औं मिनेटमा टोटेनहमलाई बराबरी गर्ने अवसर थियो । सिटीका डिफेन्डर अकान्जीले गल्ती गर्दा टोटेनहमका कप्तान सन हेउंग मिनलाई गोल गर्ने सुनौलो अवसर थियो । उनले सिटीका सब्सीच्युड गोलकिपर स्टेफान ओर्टेगालाई वान भर्सेस वानमा गोल गर्न चुके ।

त्यसपछि खेल सकिनै लाग्दा इन्जुरी समयमा हालाण्डले पेनाल्टीमा गोल थपे । टोटेनहमका पेड्रो पोरोले सिटीका जेरेमी डोकुलाई डी–बक्सभित्र लडाएपछि सिटीले पेनाल्टी पाएको थियो जसलाई हालाण्डले खेर जान दिएनन् ।

जितसँगै सिटी अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ । सिटीको ३७ खेलबाट ८८ अंक छ । दोस्रो स्थानको आर्सनलको समान खेलबाट ८६ अंक छ । टोटेनहम ६३ अंकसहित पाँचौं स्थानमा छ ।

अब अन्तिम खेलमा सिटीले वेस्टहाम युनाइटेडको सामना गर्दा आर्सनल एभर्टनसँग भिड्नेछ । उपाधि होडमा रहेका दुबै टोलीका खेल घरेलु मैदानमा हुनेछ ।