१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम पेस गर्न दिने भएको छ ।

कांग्रेस संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने तर त्यसमाथिको छलफल गर्न नदिने तयारी गरेको एक नेताले बताए । यद्यपी, यसबारे औपचारिक निर्णय भने आएको छैन । कांग्रेस संसदीय दलको बैठक जारी नै रहेको छ ।

आज दिउँसो तीन बजे बस्ने संघीय संसदको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने अडानमा रहेको कांग्रेसले निरन्तर सदन अवरुद्ध गर्दै आएको छ ।