२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपेन्द्र यादवले दिए राजीनामा



file photo
अ+ अ-

काठमाडौँ । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् ।

पार्टी विभाजनपछि संकटमा परेका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष यादवले सोमबार मन्त्री पदबाट राजिनामा दिएका हुन् ।

यादवसँगै वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका छन् ।

उनीहरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाईसकेको  यादवको स्वकीय सचिव महेश चौरसियाले जानकारी दिए ।