• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   जेठ अन्तिमदेखि मनसुन भित्रिँदै, सरदरभन्दा बढी वर्षा हुने ★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो

प्रत्यक्ष निर्वाचित कार्यकारीमा जान आवश्यक भइसक्यो: उपाध्यक्ष भुसाल



काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले प्रत्यक्ष निर्वाचित कार्यकारीमा जानुपर्ने आवश्यकता निर्माण भइसकेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा नेपाली काँग्रेसका नेता स्व. प्रदीप गिरीको स्मृति सभामा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले जनमत पाउनेले ५ वर्ष शासन गर्नसक्ने अवस्थाको सिर्जना गर्नेगरी प्रत्यक्ष निर्वाचित कार्यकारीमा जान आवश्यक देखिएको बताउनु भयो । उहाँले प्रत्यक्ष निर्वाचन विधिमा वा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने विधि नै अहिलेको आवश्यकता रहेको बताउनु भयो । उहाँले राजनीतिक स्थिरता कायम भएमात्रै विकास निर्माण अघि बढाउन सकिने बताउनु भयो । उहाँले राजनीतिक झैँ अहिले आर्थिक रुपमा पनि नेपालमा चुनौति बनेको बताउनु भयो । उहाँले सहकारीले आर्थिक मार्गमा ठूलो दरार ल्याउने काम गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘म पहिला प्रत्यक्ष निर्वाचित कार्यकारी भन्नेमा एकदमै सहमत हो । तर मैले पछिल्ला राजनीतिक घटनाक्रम र अन्तर्राष्ट्रिय स्तरमा भइरहको घटनाहरु हेर्दा को आउने हो ? के हुने हो भन्दा, कता जाने हो भन्ने प्रश्न त हुन्छ । तर जनताले जसलाई समर्थन गर्दछन्, जसले जनमत पाउँछ उसले ५ वर्ष शासन गर्नसक्ने अवस्थाको सिर्जना गर्नुपर्छ । अन्यथा हामी यही राजनीतिक अस्थिरताभित्र एक वर्षमा तीन पटक प्रधानमन्त्रीको विश्वासको मत लिने, त्यही सापेक्षतामा हामी संघीयताको मुख्यमन्त्री फेर्ने अनि यसका निम्ति हुने/नहुने जे थियो, त्यो हुने काम हुन्छ । प्रत्यक्ष निर्वाचन विधिमा वा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने विधितिर हामी जानुपर्छ । यसले राजनीतिक स्थिरता कायम हुन्छ । राजनीतिक स्थिरता कायम भयो भने मात्रै विकास निर्माण अघि बढाउन सक्छौँ । राजनीतिमा जस्तै अहिले आर्थिक रुपमा चुनौति बनेको छ । सहकारीको समस्या जटिल छ । सहकारीले आर्थिक मार्गमा ठूलो दरार ल्याउने काम भएको छ ।’

उपाध्यक्ष भुसालले राजनीतिक स्थायित्व दिने र अहिलेको परिवर्तनलाई बलियो बनाउने गरी अघि बढ्न जरुरी रहेको बताउनु भयो । उहाँले अहिले नयाँ सहमतिमा अघि बढ्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले राजनीतिक अस्थिरता पैदा भएको र यसलाई स्थायित्वका लागि अघि बढाउन जरुरी रहेको बताउनु भयो ।