• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै ★   प्रधानमन्त्रीले आज सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने ★   सबैको प्यारो छुक्छुके रेल अहिले कसरी भयो अपहेलित ? ★   पिएनजीसँग झण्डै हार्यो वेस्ट इन्डिज, २ पटकको च्याम्पियन १९ ओभरमा १३७ रनको लक्ष्य पछ्याउन सफल ★   जेठ अन्तिमदेखि मनसुन भित्रिँदै, सरदरभन्दा बढी वर्षा हुने ★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ



काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–६ सरस्वतीनगर कपन बस्ने ३८ वर्षीय माधव त्रिपाठी, दक्षिणकाली नगरपालिका–८ बस्ने १९ वर्षीय सविन पौडेल, कागेश्वर महनरा बस्ने २० वर्षीय सितेशकुमार यादव र काठमाडौँ थली बस्ने २३ वर्षीय रोशन रानाभाट रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हिजो बुधबार बिहान ८ बजेदेखि १० बजेसम्मको चलेको कक्षा १२ को कम्प्युटर साइन्सको परीक्षा अगाडि नै प्रश्नपत्र सार्वजनिक गरी काठमाडौँ महानगरपालिका–६ स्थित वेलकम पार्टी प्यालेसको हलमा राष्ट्रिय परीक्षा बोर्डबाट जारी भएको मुल उत्तरपुस्तिकामा उत्तर हल गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।”

पक्राउ परेका विरुद्ध शिक्षा ऐन २०२८ बमोजिम जिल्ला प्रहरी परिसरबाट थप अनुसन्धान भइरहेको प्रवक्ता नवराज अधिकारीले बताउनुभयो । रासस