• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

आईपीएलमा आज पञ्जाब र बेंगलुरु भिड्दै, हार्ने टोली प्लेअफबाट बाहिरिने



काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को ५८औं खेलमा आज पञ्जाब किंग्सले रोयल च्यालेन्जर्स बेंगलुरुको सामना गर्दैछ । पञ्जाबको घरेलु मैदान धरमशालास्थित हिमाचल प्रदेश क्रिकेट एसोसिएसन स्टेडियममा हुन लागेको खेल नेपाली समय अनुसार बेलुकाको ७:४५ बजेदेखि सुरु हुनेछ । यो सिजनमा आज पञ्जाब र बेंगलुरु बीच दोस्रो खेल खेल्दैछन्। पछिल्लो खेलमा बेंगलुरु ४ विकेटले विजयी भएको थियो ।

आज पञ्जाब र बेंगलुरु दुवै सिजनको १२ औं खेल खेल्दैछन्। दुवै टोलीले ११ खेलमध्ये ४ जित र ७ खेलमा हार बेहोरेका छन् । राम्रो रन रेटका कारण बेंगलुरु सातौं र पञ्जाब आठौं स्थानमा छ। आजको खेल जित्ने टोलीले प्लेअफको आशा कायम राख्नेछ भने हार्ने टोली बाहिरिनेछ ।

हेड टु हेडमा पञ्जाब अगाडि

पञ्जाबले बेंगलुरुलाई हेड टु हेडमा हराएको छ तर पछिल्लो दुई खेलमा बेंगलुरुले जित निकालेको छ । पञ्जाबको आरसीबी विरुद्धको अन्तिम जित २०२२ मा भएको थियो, त्यसपछि दुई खेल खेले, जसमा दुवै खेल आरसीबीले जितेको थियो। पञ्जाब र बैंगलोरबीच अहिलेसम्म ३२ वटा आईपीएल खेल भएका छन् ।जसमा १७ खेल पञ्जाबले जितेको छ भने १२ खेलमा बेंगलुरु विजयी भयो।

पञ्जाबका शशांकले सर्वाधिक रन स्कोरर

पञ्जाबका लागि शशांक सिंह, जोनी बेयरस्टो र प्रभसिमरन सिंह राम्रो लयमा छन् । तीनै जनाले २५० भन्दा बढी रन बनाएका छन् । टोलीका लागि शशांक सिंहले सर्वाधिक ३१५ रन बनाएका छन् । बलिङमा हर्षल पटेल शीर्ष स्थानमा छन् । उनले ११ खेलमा १७ विकेट लिएका छन् ।

कोहली टोली र लिग दुवैमा सर्वाधिक रन स्कोरर

आरसीबीका ब्याट्सम्यानहरु उत्कृष्ट फर्ममा छन् । स्टार ब्याट्सम्यान विराट कोहली, कप्तान फाफ डु प्लेसिस र दिनेश कार्तिकले २५० भन्दा बढी रन बनाएका छन् । कोहलीको नाममा ५ सय ४२ रन छन् । अहिले कोहली टोली र लिग दुवैको सर्वाधिक रन स्कोरर हुन्। टीममा यश दयाल १० खेलमा १० विकेट लिएर सर्वाधिक विकेट लिने खेलाडी हुन् ।

पञ्जाब किंग्सको सम्भावित प्लेइङ-११:

साम कुरान (कप्तान), जोनी बेयरस्टो, रिले रुसो, जितेश शर्मा, शशांक सिंह, आशुतोष शर्मा, हरप्रीत ब्रार, कागिसो रबाडा, हर्षल पटेल, राहुल चाहर र अर्शदीप सिंह।

इम्प्याक्ट प्लेयर: प्रभसिमरन सिंह।

रोयल च्यालेन्जर्स बेंगलुरुको सम्भावित प्लेइङ-११:

फाफ डु प्लेसिस (कप्तान), विराट कोहली, विल ज्याक, क्यामरन ग्रीन, ग्लेन म्याक्सवेल, दिनेश कार्तिक (विकेटकिपर), स्वप्निल सिंह, मोहम्मद सिराज, कर्ण शर्मा, विजयकुमार वैशाख र यश दयाल।

इम्प्याक्ट प्लेयर: रजत पाटीदार।