• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

बायर्नलाई हराउँदै रियल मड्रिड च्यम्पियन्स लिगको फाइनलमा



काठमाडौँ । रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल अन्तर्गत दोस्रो लेगमा बायर्न म्युनिखलाई २–१ गोलले हराउँदै समग्रमा ४–३ को नतिजासहित रियलले फाइनलको टिकट काटेको हो ।

यसअघि बायर्नको घरेलु मैदानमा भएको पहिलो लेग २–२ गोलको बराबरीमा सकिएको थियो ।

घरेलु मैदान सान्टियागो बर्नबेउमा रियललाई जित दिलाउन वैकल्पिक खेलाडीका रुपमा अन्तिमतिर मैदान प्रवेश गरेका  होसेलुले दुबै गोल गरे । उनले ८८ औं र ९०+१ औं मिनेटमा गोल गरेका हुन् ।

खेलको ६८ औं मिनेटमा अल्फान्सो डेभिसको गोलबाट अग्रता लिएको बायर्नले अग्रता जोगाउन नसक्दा हार ब्यहोर्नुपर्यो ।

रियलले अब उपाधिका लागि बोरुसिया डर्टमण्डसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल जुन २ मा लण्डनको वेम्बली स्टेडियममा हुनेछ ।