• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

भारतीय मुलका क्रिकेटरलाई बलात्कार मुद्दामा सफाइ, अस्ट्रेलियाली महिलाले आरोप लगाएकी थिइन्



एजेन्सी । अस्ट्रेलियामा खेल्ने भारतीय मूलका क्रिकेटर निखिल चौधरी बिग ब्यास लिग (बीबीएल) मा चर्चित नाम हुन् ।

२८ वर्षीय निखिल चौधरीले २०२१ मा टाउन्सभिलमा २० वर्षीया महिलालाई बलात्कार गरेको आरोपबाट सफाइ पाएका छन् । अब उनी बिग ब्यास लिगको होबार्ट हरिकेन्समा पुनरागमन गर्ने खबर छ ।

निखिल चौधरीलाई २०२१ मा टाउन्सभिलमा २० वर्षीया महिलालाई कथित बलात्कारको मुद्दामा निर्णायकहरूले निर्दोष पाएका थिए । क्रिकेट तस्मानियाले न त यो आरोपको बारेमा जानकारी दिएको छ न त अदालतको मुद्दाको बारेमा ।

चौधरी सन् २०२३ को अन्त्यमा मात्रै होबार्ट हरिकेन्समा सामेल भएका थिए । यसपछि फेब्रुअरीमा अर्थात् ट्रायल हुनुभन्दा एक महिनाअघि उनको सम्झौता २०२७ सम्म लम्बियो ।

क्रिकेट तस्मानियाका उच्च प्रदर्शन महाप्रबन्धक सेलियन बीम्सले मिडियालाई भने कि फ्रान्चाइजीले निखिलको मामलामा केही आन्तरिक प्रक्रियाहरू पूरा गरिरहेको छ । उनले आगामी सिजनमा निखिल खेल्ने सम्भावना रहेको बताए ।

सेलियनले निखिलले क्रिकेट तस्मानियालाई आरोप वा अदालतको कारबाहीबारे जानकारी नगरेकोमा निराशा व्यक्त गरे । संस्थाको छविमा असर पर्ने भएकाले संस्थाको दृष्टिकोणले यस्ता सूचना दिनु जरुरी रहेको उनले बताए ।

सन् २०११ मा अस्ट्रेलियामा सुरु भएको बिग ब्यास लिगमा जम्मा आठ टोली छन् । एडिलेड स्ट्राइकर्स, ब्रिसबेन हिट, होबर्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स, मेलबर्न स्टार्स, पर्थ स्कर्सर्स, सिड्नी सिक्सर्स र सिड्नी थन्डर रहेका छन् ।