• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

रणवीर सिंहले दीपिकासँगको विवाहको तस्बिर हटाए



एजेन्सी । बलिउड अभिनेता रणवीर सिंहले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट आफ्नो र दीपिका पादुकोणको विवाहको तस्बिर हटाएका छन् । मंगलबार, फ्यानहरूले रणवीरको सोशल मिडिया ह्यान्डलहरूमा विवाहको तस्बिरहरू देखेनन् ।

रणवीरले यी तस्विरहरू डिलिट गरेका छन् वा अभिलेखमा राखेका छन् भन्ने अहिलेसम्म स्पष्ट भएको छैन । दीपिकाको इन्स्टाग्राम ह्यान्डलमा भने विवाहका सबै तस्बिरहरू उपलब्ध छन् ।

रणवीरको सोसल मिडिया ह्यान्डलबाट अचानक विवाहको तस्विर हराएपछि फ्यानहरुले धेरै अनुमान लगाएका छन् । तर, यसका बावजुद रणवीर–दीपिका आजकल आफ्नो बेबीमुन ट्रिपको मजा लिइरहेका छन् ।

हालै यी दुवैको एउटा तस्बिर पनि सार्वजनिक भएको छ जसमा दीपिका सिँढीबाट ओर्लँदै गरेको देखिन्छ । दुबैले कुन ठाउँमा छुट्टी मनाउँदैछन् भन्ने जानकारी भने खुलाइएको छैन ।

रणवीर सिंह र दीपिका पादुकोणले ६ वर्षअघि विवाह गरेका थिए । यी दुईले इटालीको लेक कोमोमा १४ नोभेम्बर २०१८ मा कोंकणी रितीरिवाजअनुसार विवाह गरेका थिए । विवाहअघि दुवैले ६ वर्ष एक अर्कालाई डेट गरेका थिए ।

दीपिकाले यस वर्ष फेब्रुअरीमा एक पोस्ट सेयर गरेर आफ्नो गर्भावस्थाको घोषणा गरेकी थिइन् र लेखेकी थिइन्– सेप्टेम्बर २०२४ । यसको मतलब उनी र रणवीर सिंह सेप्टेम्बरसम्म आमाबुवा बन्नेछन् । पोस्टमा दीपिकाले पति रणवीर सिंहलाई पनि ट्याग गरेकी छिन् ।