• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली

मकैमा कीराको सङ्क्रमणले किसान चिन्तित



राँझा । बाँकेमा लगाइएको मकैबालीमा रोग तथा कीराको प्रकोप बढ्दै गएपछि किसान चिन्तित बनेका छन् ।

व्यावसायिकरुपमा बेमौसमी मकैखेती हुँदै आएको डुडुवा गाउँपालिका–६ हिरमिनियाको महन्तपूर्वालगायतका क्षेत्रमा रोग तथा कीराको सङ्क्रमणले मकैमा क्षति पुगेको छ । डुडुवा–६ हिरमिनियाका किसान जियालाल यादवले मकै फल्ने बेलामा कीराले पात हुँदै बोटमा आक्रमण गरेपछि बोट मर्ने समस्या देखिएको बताउनुभयो ।

“मेहनत गरेर लगाएको बाली फल्ने बेलामा कीराले खाएको छ, यो पटक मकैमा लगाएकाले लगानी पनि नउठ्ने भयो”, बारीमा कीराले सङ्क्रमण गरेको मकैका बोट देखाउँदै किसान यादवले भन्नुभयो, “रोग लागेकाबारे गाउँपालिकाको कृषि शाखामा जानकारी गराए पनि उपचार हुन सकेको छैन ।”

यादवको करिब १४ कट्ठा जमिनमा लगाइएको बेमौसमी मकैमा रोगको सङ्क्रमण देखिएको हो । पातमा कीराले खाएर प्वाल पार्ने र विस्तारै बिरुवा सुक्दै जाने समस्या देखिएको उहाँको भनाइ छ । स्थानीय सावितराम यादवले सुरुमा लगाएको मकैबाली सप्रिए पनि पछिल्लो पटकको मकै बालीमा रोग कीराको सङ्क्रमण देखिएको बताउनुभयो ।

जिल्ला कृषि ज्ञानकेन्द्र बाँकेका सूचना अधिकारी जीवनकुमार केसीले कहिँकतै रोगको सङ्क्रमण देखिएको कृषकले गुनासो गरे पनि प्रकोपका रुपमा नरहेको उल्लेख गर्नुभयो । उहाँले स्थलगतरूपमा अनुगमन गरेर मकैमा सङ्क्रमण गरिरहको कीरा र रोगका बारेमा पहिचानका लागि स्थानीय तहका कृषि शाखासँग समन्वय भइरहेको बताउनुभयो ।

बाँकेमा राप्ती सोनारी गाउँपालिकाको वैजापुर, फत्तेपुर, बिनौना, नेपालगञ्जको भवानीयापुर, बाबुगाउँ, डुडुवाको हिरमिनिया र खजुरा क्षेत्रमा किसानले बमौसमी मकैखेती गर्दै आएका छन् । बमौसमी मकैखेतीका लागि राहत तथा अनुदानको कार्यक्रम नभए पनि किसानले स्वस्फूर्तरुपमा खेती गर्दै आएको किसान महासङ्घ बाँकेका अध्यक्ष कृष्णविक्रम केसीले जानकारी दिनुभयो । रासस