२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना खोप नेपाल आईपुग्यो



अ+ अ-

काठमाडौँ । भारत सरकारले  सहयोग स्वरुप उपलब्ध गराएको कोरोना खोप  नेपाल आईपुुगेको छ । स्वास्थ्यमन्त्री हृदयदेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बुधबार पत्रकार सम्मेलन मार्फत विहिबार  खोप काठमाडौँ आउने जानकारी गराउनु भएको थियो ।बिहिबार मध्यान्न  एयर ईण्डियाको बिमानले नेपालका लागि १० लाख डोज कोरोना खोप ल्याएको  छ ।  

भारतले सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोभिसिल्ड नेपाललाई अनुदानमा उपलब्ध गराएको हो । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले संयुक्त रुपमा विकास गरेको एजेडडी१२२२ नामक खोपलाई भारतको एसआईआईले ‘कोभिसिल्ड’को नाममा उत्पादन गरेको हो ।

औषधि व्यवस्था विभाग (डीडीए)ले ‘कोभिसिल्ड’लाई गत शुक्रबार नै आपत्कालीन प्रयोगका लागि ससर्त अनुमति प्रदान गरिसकेको छ । भारतबाट प्राप्त हुन लागेको यो खोपलाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा ६ महिनासम्म भण्डारण गर्न सकिन्छ ।