काठमाडौं । नेकपाको पुष्पकमल दाहाल, प्रचण्ड र माधव नेपाल पक्षले सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीबाटै निष्कासन गर्ने भएको छ । नेकपाको दाहाल नेपाल पक्षका एक स्थायी समिति सदस्यले आईतबार बस्ने बैठकबाट ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिने जानकारी दिए ।
प्रधानमन्त्री समेत रहेका ओलीलाई प्रचण्ड–माधव पक्षले यसअघि नै पार्टीको अध्यक्ष पदबाट हटाउँदै उनको स्थानमा वरिष्ठ नेता माधव कुमार नेपालाई अध्यक्ष चयन गरिसकेको छ ।
उनलाई तीन दिनअघि पार्टीको अनुशासन र विधि विधान विपरित काम गरेको भन्दै स्पस्टीकरण साधिएकोे थियो । ओलीले सो स्पष्टिकरण पत्र बुझ्न नमानेपछि बालुवाटारको गेटमा दर्ता गराएर छोडिएको थियो ।
उक्त स्पस्टीकरणको जवाफ दिन उनले मानेका छैनन् । जवाफ नदिएपछि पार्टीबाटै निष्कासन गर्न लागिएको प्रचण्ड–माधव पक्षका एक शीर्ष नेताले जानकारी दिएका छन् । ती नेताले ३ दिनको म्याद राखेर स्पष्टिकरण सोधिएको थियो, आज सो हदम्याद पूरा भएको छ ।
ती नेताले आज सो हदम्याद पूरा भएको र त्यसैका लागि भोलि आइतबार स्थायी समितिको बैठक बोलाइएको छ । आइतबार बस्ने स्थायी समिति बैठकले ओलीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गर्नेछ, उनले जानकारी दिए ।
ती नेताले न्युजपोलारसँगको कुराकानी भने ुपार्टीले ओलीलाई स्पस्टीकरण सोधेको थियो । तर उनले जवाफ दिएनन्, त्यसकारण अब पार्टीले उनलाई साधारण सदस्य समेत नरहनेगरी हटाउनुको विकल्प पार्टीसँग पनि भएन ।ु
दाहाल नेपाल पक्षको स्थायी समिति बैठक आइतबार दिउँसो १२ बजे पार्टी कार्यालय कोटेश्वरमा बोलाइएको छ । नेकपाका अध्यक्ष रहेका प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गर्ने निर्णय गरेसँगै प्रचण्ड माधव पक्ष त्यसको विरुद्धमा लगातार संघर्षमा उत्रिएको छ ।











