• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   विदेशमा रहेका नेपालीहरूको हितरक्षाका लागि विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ: प्रधानमन्त्री ★   नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ★   रोहितले द्रविडलाई भनेका थिए – कोचिङ जारी राख्नुहोस् ★   संसदमा साङ्केतिक भाषाको दोभासे राख्न माग ★   आसामको बाढीमा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो ★   प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल ★   विपद् प्रतिकार्यका लागि रेडक्रसले ७७ वटै जिल्लामा खटायो तालिमप्राप्त स्वयंसेवक ★   सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी ★   मनाङको बाटो सधैँ जोखिमपूर्ण ★   प्रतिनिधिसभाका सचिव अधिकारीको शपथ

साफ च्याम्पियनसीपः नेपालले भारतको सामना गर्दै



काठमाडौं । भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपालले आज आयोजक भारतको सामना गर्दैछ ।

नेपाल र भारतबीचको खेल भारतको जमसेदपुरमा बेलुका ७ः१५ बजे सुरु हुनेछ । आज भारतलाई पराजित गर्दै नेपाल पहिलो जीतको खोजीमा हुनेछ । तर उपाधि दाबेदार भारतविरुद्ध जीत निकाल्न नेपाललाई त्यति सहज भने छैन ।

डबल राउण्ड रोबिनको आधारमा जारी च्याम्पियनशिपको पहिलो भेटमा भारतले नेपाललाई ७–० गोलअन्तरले पराजित गरेको थियो । नेपाल, भारत र बङ्गलादेशको सहभागिता रहेको उक्त च्याम्पियनशिपमा नेपालले अङ्क जोड्न सकेको छैन । 

दुई खेलमा अङ्कविहीन रहेको नेपाल अङ्क तालिकाको अन्तिम स्थानमा छ । नेपाल पहिलो खेलमा भारतसँग पराजित भएको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग ४–२ गोलअन्तरले  पराजित भएको थियो ।

त्यस्तै यसअघि दुई खेल खेलेको भारतले दुवै खेलमा जीत हात पार्दै ६ अङ्क जोडेको छ । भारत अङ्क तालिकाको शीर्षस्थानमा रहेको छ । समान दुई खेल नै खेलेको बङ्गलादेशको ३ अङ्क  छ । बङ्गलादेश दोस्रो स्थानमा छ । च्याम्पियनशिपमा शीर्षस्थान हासिल गर्ने टोलीले उपाधि जित्नेछ ।