• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

दिल्लीले मुम्बईलाई १० रनले हरायो



काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई १० रनले पराजित गरेको छ ।

अरुण जेटली स्टेडियममा भएको खेलमा मुम्बईले टस जितेर पहिले बलिङ रोजेको थियो ।

दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २५७ रन बनायो । मुम्बईले पनि कडा संघर्ष गरेपनि टिमले २० ओभरमा ९ विकेट गुमाएर २४७ रन मात्रै बनाउन सक्यो ।

दिल्लीका ज्याक फ्रेजर–मगार्कले २७ बलमा ८४ रनको इनिङ खेले । उनले पारीमा ११ चौका र ६ छक्का प्रहार गरे । ट्रिस्टन स्टब्सले ४७ र शाइ होपले ४१ रन बनाए । मुम्बईका लागि ल्यूक वुड, जसप्रित बुमराह, पियुष चावला र मोहम्मद नाबीले समान १–१ विकेट लिए ।

मुम्बईका लागि तिलक वर्माले ६३, हार्दिक पाण्ड्याले ४६ र टिम डेभिडले ३७ रन बनाए । सूर्यकुमार यादव २६ रन बनाएर आउट भए भने इशान किशन २० रन बनाएर आउट भए । दिल्लीका रसिख सलाम र मुकेश कुमारले ३–३ विकेट लिए । खलिल अहमदले पनि २ सफलता हात पारे ।