• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   को हुन् हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका इरानी राष्ट्रपति रइसी जसको निधनले विश्व हल्लाएको छ ★   सङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडा मरे ★   प्रदीप खड्का: रोमान्टिक हिरोबाट ‘पुजार सार्की’को मैतबहादुरसम्म ★   प्रधानमन्त्रीले माग्नुभएको विश्वासको मतविभाजनमा यस्तो देखियो – फोटोफिचर ★   हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति रायसीसहित नौ जनाको मृत्यु भएको पुष्टि ★   कांग्रेसको विरोधकाबीच प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त ★   प्रधानमन्त्री प्रचण्ड नेतृत्वको वर्तमान सरकार पूरै कार्यकाल रहनेछ: विष्णुप्रसाद पौडेल ★   काँग्रेसलाई प्रधानमन्त्रीको चेतावनी: विश्वासको मत लिँदा देखाएको व्यवहारको चर्को मूल्य चुकाउनु पर्छ ★   दमौलीमा आगलागी: क्षतिको विवरण सङ्कलन गरिँदै ★   कानुनभन्दा माथि कोही छैन भन्ने भाष्य स्थापित भएको छ : प्रधानमन्त्री

संसद्लाई कमजोर नबनाउन कांग्रेसको आग्रह



काठमाडौँ । नेपाली कांग्रेसले सरकारले देश र जनतासँग प्रत्यक्ष रुपले सम्बन्धित केही महत्वपूर्ण कानुनलाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरी राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रस्तुत गरेको विषयतर्फ ध्यानआकृष्ट भएको जनाएको छ ।

कांग्रेस संसदीय दलको कार्यालयले आज विज्ञपतिमार्फत सङ्घीय संसद्को गत अधिवेशनमा कानुन निर्माण गर्ने पर्याप्त समय र अवसर हुँदाहुँदै पनि सरकारले सहकारी पीडितलगायत समस्या समाधान गर्नुको साटो अप्रत्यासित र असमयमा सङ्घीय संसद्को अधिवेशन अन्त्य गरेको टिप्पणी गरेको छ ।

प्रमुख विपक्षी दल कांग्रेससमेत सबै विपक्षी दलहरुले सहकारी संस्थामा लाखौँ नागरिकले जम्मा गरेको अबौँ रकम अपचलन, हिनामिना, दुरुपयोग र ठगी भएको विषयमा छानबिन गर्न तथा सहकारी पीडितका समस्या सम्बोधन गर्न संसदीय छानबिन समिति माग गरेकामा उक्त विषयलाई नजरअन्दाज गरेको कांग्रेसको आरोप छ ।

“सरकारले संसद्को अधिवेशन चलिरहेको अवस्थामा बाहेक तत्काल केही गर्न आवश्यक परेमा अध्यादेश जारी गर्न सक्ने संविधानको व्यवस्थाको अपव्याख्या गरी संसद्को गत अधिवेशनभन्दा पनि महिनौँ अगाडिदेखि तयारी प्रारम्भ भएको लगानी सम्मेलनलाई सम्बोधन गर्ने निहुँमा अध्यादेश जारी गरेको छ”, विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सरकारको यो कामले प्रचलित संविधानको अपव्याख्या हुनुका साथै संसदीय व्यवस्था र लोकतन्त्रको मर्म विपरीत भएको टिप्पणी गर्नुभएको छ । संविधानको अपव्याख्या गर्दै अध्यादेश ल्याउने कार्य गरी संसद्लाई कमजोर नगर्न कांग्रेसले सरकारलाई सचेत गराएको छ ।