• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   रास्वपा संसदीय दलको बैठक जारी ★   बूढानीलकण्ठमा सुन लुटपाट गर्ने दुई पक्राउ ★   नरभक्षी बाघ मर्‍यो ★   इरानी राष्ट्रपति इब्राहिम चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला पर्‍यो, कोही पनि जिवित नरहेको आशंका ★   अमेरिकाको न्यूयोर्कमा झल्कियो नेपाल ★   रणनीति बनाउँदै कांग्रेस संसदीय दलको बैठक ★   पूर्वराजा ज्ञानेन्द्र शाहले आज ललितपुरका विभिन्न मन्दिरको दर्शन गर्ने ★   प्रमुख जिल्ला अधिकारीको सरुवालाई व्यवस्थित बनाउँदै गृह सचिव ★   दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी, तीन घण्टापछि नियन्त्रणमा-फोटो फिचर ★   हेलिकोप्टर दुर्घटनामा बेपत्ता इरानी राष्ट्रपति अझै भेटिएनन्, रुसले पठायो उद्धार टोली

पचासी लाखमा वडा कार्यालय भवन निर्माण



म्याग्दी । जिल्लाको धौलागिरि गाउँपालिका–६ मराङमा रु ८५ लाखको लगानीमा वडा कार्यालय भवन निर्माण भएको छ । नवनिर्मित चारकोठे भवनबाट सेवा प्रवाह पनि प्रारम्भ भएको छ ।

शुक्रबारदेखि कार्यारम्भ भएको नयाँ भवनको उद्घाटन सोही दिन गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले भवन उद्घाटन गर्नुभएको हो ।

धौलागिरि गाउँपालिकाको वडा नम्बर २ र ७ को नयाँ भवन मात्र होइन वडा नम्बर ५ को भवन पनि बनिसकेको छ ।

घट्टखोलामा गाउँपालिकाको भवन निर्माणाधीन छ । यसैगरी वडा नम्बर १ गुर्जा र ३ मुनामा स्वास्थ्य चौकीको भवन निर्माण सकिएको, मुदीमा स्वास्थ्य चौकी र ताकममा पाँच श्ययाको अस्पताल भवन निर्माण भइरहेको छ । रासस