• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

एकैदिन एक हजार ४०० ले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ । साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ ।

आज सुनको मूल्य प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार दुई सय रूपैयाँमा कारोबार भईरहेको छ । बिहिबार उक्त सुन प्रतितोला एक लाख ३५ हजार आठ सय रूपैयाँमा कारेबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । हिजा तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार एक सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २० रूपैयाँले बढेर १६ सय ७५ रूपैयाँमा कारबोर भईरहेको महासंघले जनाएको छ ।