२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डसँग अमेरिकी राजदुत बेरीको भेटघाट



अ+ अ-

काठमाडौंः नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी (Randy Berry) ले नेकपा (दाहाल–नेपाल) समूहका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई खुमलटारस्थित प्रचण्ड निवासमै गएर सोमबार भेटघाट गर्नु भएको छ ।

अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनले कार्यभार सम्हालेपछि बाइडेन प्रशासनका प्राथमिकताका बारेमा जानकारी गराउन प्रचण्डसँग भेटवार्ता गरेको राजदूत बेरीले ट्वीट मार्फत जानकारी दिनु भएको छ ।

भेटका क्रममा राजदूत बेरीले राष्ट्रपति बाइडेनले लोकतन्त्रलाई सुदृढ गर्ने, जलवायु परिवर्तनका मुद्दाहरुमा सहकार्य गर्ने तथा विश्वभर महिला एवं बालबालिकाको अधिकार सुनिश्चित गर्ने बारेमा व्यक्त गर्नु भएको अमेरिकी प्रतिबद्धता बारे जानकारी गराएको बताउनु भएको छ ।

राजदूत बेरीले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटघाट गरी बाइडेन प्रशासनका प्राथमिकताका बारेमा जानकारी गराउनु भएको थियो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले गत बुधबार अर्थात् जनवरी २० मा अमेरिकाको ४६औं राष्ट्रपतिका रुपमा शपथ लिनु भएको थियो ।