• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   चितवनको इच्छाकामना पूर्णविद्युतिकरण गाउँपालिका घोषणा ★   ट्राफिक प्रहरी जवान घिमिरेको हत्यामा संलग्न ७ जना सार्वजनिक ★   यी खेलाडीका कारण चेन्नईले आरसीबीसँगको खेल गुमाउनुपर्यो ★   प्रिमियर लिगको अन्तिम खेल आज, सिटी र आर्सनल उपाधि होडमा ★   संसद बैठक २ बजेका लागि सर्‍यो ★   अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षकलाई शिक्षण अनुमति पत्र आवश्यक छ: मन्त्री श्रेष्ठ ★   जब प्राधिकरणले चेपाङ बस्तीमा नि:शुल्क मिटर बाँड्यो… ★   म्याक्सवेलले आरसीबीलाई १५ वर्षपछि यस्तो उपलब्धी दिलाए ★   दु:खबाट मुक्ति पाउन मोहिनी एकादशीको व्रत ★   टीओआर नटुंगिएसम्म सदन नचलाउन सभामुखलाई विपक्षी दलको आग्रह

आईपीएलः दिल्लीसँगको हारको बदला लिने दाउमा गुजरात



काठमाडौँ । आईपीएल २०२४ को ४० औं खेलमा आज दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सको सामना गर्दैछ । खेल साँझ ७ः४५ बजेदेखि दिल्लीको घरेलु मैदान अरुण जेटली स्टेडियममा हुनेछ ।

दुबै टोली जारी सिजनमा दोस्रो पटक आमने सामने हुनेछन् । पछिल्लो पटक दिल्ली ६ विकेटले विजयी भएको थियो ।

आज दुवै टोलीको यो सिजनको नवौं खेल हुनेछ । दिल्ली ८ मध्ये ३ खेल जितेर ६ अंकसहित अंक तालिकाको आठौं स्थानमा छ । अर्कोतर्फ गुजरात ८ अंकसहित ४ मा जित हात पार्दै छैटौं स्थानमा छ ।

आईपीएलमा दिल्ली र गुजरातबीच ४ वटा खेल भएका छन् । दुबैले २–२ खेल जितेका छन् । दुई टोलीबीचको अन्तिम खेल निकै रोमाञ्चक रह्यो । जहाँ दिल्लीले गुजरातलाई १७.३ ओभरमा ८९ रनमा अलआउट गरेको थियो। यो खेल दिल्लीले ८.५ ओभरमा ६ विकेटले जितेको थियो ।

दिल्लीले सिजनका पाँच खेलमा हार बेहोरेको छ । पञ्जाब, राजस्थान, कोलकाता, मुम्बई र हैदरावादसँग उसले पराजय बेहोरेको थियो । यस्तै, दिल्लीले चेन्नई, लखनउ र गुजरातलाई पराजित गर्यो ।

दिल्लीका लागि कप्तान ऋषभ पन्तले सर्वाधिक रन बनाएका छन् । उनले ८ खेलमा २५४ रन बनाएका छन् । उनीबाहेक ट्रिस्टन स्टब्स १९९ रन बनाएर दोस्रो स्थानमा छन् । बलरमध्ये कुलदीप यादव र खलिल अहमद दुवैको नाममा १०–१० विकेट छन् । तर, राम्रो इकोनोमी रेटका साथ कुलदीप टोलीका शीर्ष विकेट लिने खेलाडी हुन् ।

सन् २०२२ को च्याम्पियन गुजरात टाइटन्सले यो सिजन ४ खेलमा जित निकालेको छ । गुजरातले मुम्बई, हैदरावाद, राजस्थान र पञ्जाबविरुद्ध यी चार खेलमा जित हात पारेको छ । यस्तै, गुजरात चेन्नई, पञ्जाब, लखनउ र दिल्लीसँग पराजित भएको थियो । टोलीले आज फेरि दिल्लीसँग खेल्दैछ ।

कप्तान शुभमन गिल र बायाँ हाते ब्याट्सम्यान साई सुदर्शन उत्कृष्ट लयमा छन् । दुवैले २५० भन्दा बढी रन बनाएका छन् । कप्तान गिलले सर्वाधिक २९८ रन बनाएका छन् । यस अवधिमा गिलले दुई अर्धशतक पनि बनाए । गिल सिजनका उत्कृष्ट १० स्कोररको सूचीमा पनि छैटौं स्थानमा छन् । बलिङमा फास्ट बलर मोहित शर्मा १० विकेट लिएर शीर्ष स्थानमा छन् । स्पिनर राशिद खान ८ विकेट लिएर दोस्रो स्थानमा छन् ।

दिल्लीको अरुण जेटली स्टेडियममा आईपीएलमा अहिलेसम्म जम्मा ८५ खेल खेलिएको छ । जसमध्ये पहिले ब्याटिङ गर्ने टोलीले ३८ खेल जितेको छ भने दोस्रो ब्याटिङ गर्ने टोलीले ४६ खेल जितेको छ । एक खेल अनिर्णित रह्यो ।