२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

संविधानभित्रबाटै विकल्प खोज्नुपर्छ

संविधानभित्रबाटै विकल्प खोज्नुपर्छ
अ अ+ अ-

काठमाडौँ। कानुन व्यवसायीहरूले प्रतिनिधि सभा विघटनसम्बन्धी संवैधानिक प्रावधान स्पष्ट रहेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गर्नुभए जस्तो कुनै अन्तरनिहित अधिकार नभएको जिकिर गरेका छन् । संवैधानिक व्यवस्था नै स्पष्ट रहेकाले विघटनको विषयमा लिइएका संसदीय मूल्य मान्यताका आधारहरूले स्थान नपाउने तर्क उनीहरूको छ । संवैधानिक व्यवस्था स्पष्ट नभएको हकमा मात्र नजिर तथा अन्य मूल्य मान्यताको प्रश्न आउने तर्क कानुन व्यवसायीहरूको छ ।

प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा सुनुवाइका क्रममा सोमबार अधिवक्ता मेघराज पोखरेलले वर्तमान संविधानले विघटनको सर्तसहितको विकल्प दिएकाले प्रधानमन्त्रीले गर्नुभएको विघटन संविधानसम्मत नभएको जिकिर गर्नुभयो । पोखरेलले नयाँ सरकार गठनको विकल्प रहेसम्म प्रधानमन्त्रीले विघटन गर्न नसक्ने तर्क गर्नुभयो । उहाँले विघटनअघि प्रधानमन्त्रीले संसद् र संसदीय दलमा समेत विकल्प खोज्नुपर्ने उल्लेख गर्नुभयो । प्रधानमन्त्रीले दलभित्र र संसद्मा विकल्प प्रयोग नगरेको तर्क पोखरेलको छ ।

प्रधानमन्त्रीले संविधान र संसद्बाहिर विकल्प खोज्न नमिल्ने पोखरेलको तर्क छ । “प्रधानमन्त्रीले संविधान बाहिरबाट विकल्प खोज्न मिल्छ ? मनसाय र मर्मविपरीत उहाँले प्रतिनिधि सभा विघटन गर्न संविधानले दिन्छ ? संवैधानिक दायित्व उहाँ ९प्रधानमन्त्री०मा हुँदैन ?”, प्रश्न गर्दै पोखरेलले भन्नुभयो । पोखरेलले विगतमा संविधान सभाका अध्यक्ष तथा सदस्यका रूपमा बोलिएका विषयलाई पनि अदालतले जानकारीमा लिन मिल्ने विचार राख्नुभयो । विवाद प्रारम्भ हुनुभन्दा पहिलेका त्यस्ता अभिव्यक्तिलाई अदालतले विधायिक मनसायका रूपमा समेत प्रयोग गर्न सक्ने पोखरेलको तर्क छ ।
उहाँले बहुमतप्राप्त दलले सरकार नचलाए राजीनामा दिनसक्ने तर विघटन गर्न नसक्ने जिकिर गर्नुभयो ।

नपाएको अधिकार छ भनेर प्रयोग गर्नुसमेत बदनियत भएको भन्दै पोखरेलले विघटनमा प्रधानमन्त्रीको बदनियत स्पष्ट रहेको दाबी गर्नुभयो । उहाँले प्रधानमन्त्रीले महाभियोग, सङ्कटकाल लागू गर्न, सन्धि सम्झौता अनुमोदन गर्न केका लागि दुई तिहाइ चाहिएको भन्दै प्रश्नसमेत गर्नुभयो । जनतामा जाने निर्णय पनि संविधान र विधिसम्मत हुनुपर्ने अधिवक्ता पोखरेलको भनाइ छ ।
वरिष्ठ अधिवक्ता शम्भु थापाले जनतामा सार्वभौम अधिकार निहित भएको संवैधानिक व्यवस्थामा प्रधानमन्त्रीसँग अन्तरनिहित अधिकार नहुने तर्क गर्नुभयो । प्रधानमन्त्रीले अदालतमा लिखित जवाफ पेस गर्दा विघटन आफ्नो अन्तरनिहित अधिकार रहेको भन्ने तर्कको खण्डन गर्दै थापाले अन्तरनिहित अधिकारको प्रश्न नभएको जिकिर गर्नुभयो । उहाँले प्रधानमन्त्रीलाई विघटनको विशेषाधिकारसमेत नभएको थप तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो, “जनतालाई सार्वभौम भन्नुहुन्छ भने कसैलाई अन्तरनिहित अधिकार छ भन्ने प्रश्न नै हुँदैन । प्रधानमन्त्रीले विशेषाधिकारको कुरा गर्नुभएको छ, त्यो उहाँलाई छैन । अभ्यासको कुरा गर्नुहुन्छ भने लामो संसदीय व्यवस्थाको अनुभव भएका मुलुक पनि ‘फिक्स्ड टर्म पार्लियामेन्ट’को अवधारणामा गइसके । ”
थापाले इजलासमा प्रश्न उठेपछि राजपत्र पेस गरेको विषयमा पनि प्रश्न उठाउनुभयो । प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीका विषयमाथि आक्षेप लगाउनुभएको भन्दै आपत्तिसमेत जनाउनुभयो । सो विषयमा भण्डारीले समेत नियमित सुनुवाइपछि इजलासको ध्यानाकर्षण गराउनुभएको थियो ।

सरकार नचलाए राजीनामा
बहसका क्रममा यायाधीशहरूले अधिवक्ता पोखरेल र थापालाई वर्तमान र यसअघिका संवैधानिक व्यवस्थामा रहेर प्रश्न गरेका थिए । राजनीतिक दलसम्बन्धी ऐनका प्रावधान र नेपाल कम्युनिस्ट पार्टी  (नेकपा)को विधानमा रहेर पनि इजलासले प्रश्न गरेको छ ।न्यायाधीश सपना प्रधान मल्लले विघटनअघि संसदीय दलमा विकल्प नखोजे के गर्ने भन्ने प्रश्न पोखरेललाई गर्नुभएको थियो । उहाँले विघटनमा प्रधानमन्त्रीको बदनियतलगायतका विषयमा आइतबार राख्नुभएको प्रश्नको जवाफ पनि सोमबार इजलासमा दिनुभएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले २०४७ सालको संविधानले विघटनको व्यवस्था स्पष्ट रूपमा गरे पनि हालको संविधानमा स्पष्ट नभएको भन्दै संविधानको धारा ७६ ९७० को विकल्पमा पनि ‘वा’ किन राखिएको भन्ने प्रश्न गर्नुभयो । उहाँले २०४७ को संविधानको धारा ४२ (२) र अहिलेको ७६ (३)को अवस्था र अभ्यासबारे पनि प्रश्न गर्नुभयो । उहाँले संसदीय दलले विकल्प दिन नसके धारा ७६ (१) बमोजिमको प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्न सक्ने वा नसक्ने भन्ने प्रश्न गर्नुभयो । जवाफमा पोखरेलले संविधानको मनसाय र संविधानबाहिर गएर विकल्प खोज्ने अधिकार प्रधानमन्त्रीलाई नभएको जवाफ दिनुभयो ।

यस्तै न्यायाधीश प्रधानले नै संविधान सभाका तत्कालीन अध्यक्ष तथा सदस्यहरूको धारणालाई अदालतले जानकारीमा लिन मिल्ने वा नमिल्नेबारे प्रश्न गर्नुभयो । जवाफमा पोखरेलले विवादभन्दा अघिका विषयलाई विचारका रूपमा जानकारीमा लिन सकिने सुझाव इजलासलाई दिनुभयो । गोरखापत्र दैनिक