• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए सर्वोच्चमा निवेदन ★   कान्तिपुरका अध्यक्ष सिरोहियालाई नियन्त्रणमा लिन प्रहरी कान्तिपुरको कार्यालयमा ★   अक्षय कुमारले गरे पत्नी ट्वींकलको तारिफ ★   कोठाभाडा तिर्न नसक्दा कृष्णले मृत्युको बाटो रोजे ★   खेलकुदमन्त्री श्रेष्ठको शेयरमा एक करोड बढी लगानी ★   सगरमाथामा कीर्तिमान बनाउने प्रतिस्पर्धा

‘हार्दिक पाण्ड्याको लय भारतका लागि ठूलो समस्या’



एजेन्सी । पूर्व भारतीय क्रिकेटर इरफान पठानले मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई लिएर ठूलो बयान दिएका छन् । हार्दिक पाण्ड्या आईपीएलमा सोमबार राजस्थान रोयल्स र मुम्बई इन्डियन्स बीच खेलिएको खेलमा रन बनाउन संघर्ष गरिरहेको देखिन्थे ।

७ नम्बरमा ब्याटिङ गर्न आएका पाण्ड्या १० बलमा १० रन बनाएर सस्तोमा प्याभिलियन फर्किए । मुम्बई इन्डियन्सले राजस्थान रोयल्ससँग फेरी हार बेहोर्यो । हालको सिजनमा मुम्बईले ८ खेलमध्ये ३ खेल मात्र जितेको छ । यसपछि हार्दिक पाण्ड्या आलोचनाको सामना गरिरहेका छन् ।

इरफान पठानले हार्दिक पाण्ड्याको फर्मको बारेमा चिन्ता व्यक्त गरेका छन् । उनले भने, ‘हार्दिक पाण्ड्या कस्तो फर्ममा छन्, त्यो टी–२० विश्वकपका लागि भारतका लागि ठूलो समस्या हो ।’

इरफानले हार्दिक पाण्ड्याको ब्याटबाट शक्तिशाली प्रहार गर्ने क्षमता घट्दै गएको बताउँदै यसलाई ठूलो समस्या भनेका छन् । वानखेडेमा उनी फरक थिए, तर कम सपोर्ट भएको पिचमा उनी रन बनाउन संघर्ष गरिरहेका छन् ।

हार्दिक पाण्ड्याले आईपीएल २०२४ मा अहिलेसम्म ८ खेल खेल्दै १५१ रन बनाएका छन् । हार्दिकको हालको स्ट्राइक रेट १४२ रहेको छ । मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्या २१ को औसतमा ब्याटिङ गरिरहेका छन् । गत आईपीएल सिजनमा हार्दिकले १६ खेलमा ३ सय ४६ रन बनाएका थिए ।