• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए सर्वोच्चमा निवेदन

नेपालसँग हुने टी–२० खेलका लागि वेस्टइन्डिज ‘ए’ को बलियो टोली घोषणा



काठमाडौँ । नेपालसँगको ५ ट्वान्टी–ट्वान्टी खेलका लागि वेस्ट इन्डिज क्रिकेट बोर्डले सोमबार ‘ए’ टोली घोषणा गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा यी दुई टोलीबीच पहिलो खेल शनिबार हुनेछ ।

टोलीमा अन्तर्राष्ट्रिय अनुभव प्राप्त खेलाडी छन् । १२ जनाले वेस्ट इन्डिजबाट खेलिसकेका छन् । सन् २०१६ मा वेस्ट इन्डिजले विश्वकप जित्दाका ब्याटर जोनसन चार्ल्स र आन्द्रे फ्लेचर ए‌ टोलीमा छन् ।

३५ वर्षीय चार्ल्सले अन्तिम पटक गत डिसेम्बरमा वेस्ट इन्डिजका लागि खेलेका थिए । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा २ शतक र ७ अर्धशतक तथा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक शतक र ४ अर्धशतक प्रहार गरेका छन् । वेस्ट इन्डिज टोली पहिलो पटक‌ नेपाल भ्रमणमा आउन लागेको हो ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको दोस्रो खेल वैशाख १६ गते, तेस्रो खेल वैशाख १९ गते, चौथो खेल वैशाख २० गते र पाँचौं तथा अन्तिम खेल वैशाख २२ गते हुने कार्यतालिका छ ।

वेस्ट इन्डिज ए सँगको यो शृङ्खला नेपालका लागि विश्वकपको तयारीका लागि निकै महत्वपूर्ण हुनेछ ।

वेस्ट इन्डिज ए क्रिकेट टोली:
रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), फबिएन एलेन, कदिम एलियन, जोसुवा विसोप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओसान थोमस र हायडेन वाल्स ।