• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   हार्दिकलाई एक खेलको प्रतिबन्ध, ३० लाख जरिवाना पनि लगाइयो ★   सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल ★   मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते ★   अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन ★   सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु ★   वैदेशिक रोजगारीमा ठगिएका नेपालीहरुको समस्या समाधान गर्न सरकारसँग देउवाको आग्रह ★   कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार रोहिताको मृत्यु ★   ‘पग्लिरहेको हिमाल, उर्लिरहेको नदी र डुबीरहेको धर्ती जोगाउन नेपालको नेतृत्व आवश्यक छ’ ★   प्रधानमन्त्री दाहालसँग कांग्रेस सभापति देउवासहितका नेताहरुको छलफल ★   पृथ्वी राजमार्गको पूर्वी खण्डको पाँच महिना म्याद थप

एमालेले गतिलो भाई काँग्रेस बन्ने उद्देश्य राखेको छः अध्यक्ष वैद्य



काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्यले नेकपा(एमाले)ले आफूलाई भाई काँग्रेस बनाउनका लागि नेपाल कम्युनिस्ट पार्टी स्थापनाको शिरक जयन्ती मनाएको टिप्पणी गर्नुभएको छ ।

सोमवार १५५ औँ लेनिन जयन्तीको सन्दर्भमा पार्टीले आयोजना गरेको साम्राज्यवादी युगमा लेनिनवादको महत्व विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष वैद्यले एमाले गतिलो भाई काँग्रेस बन्नका लागि हिरक जयन्ती मनाएको टिप्पणी गर्नुभएको हो । उहाँले एमालेले हिरक जयन्ती मनाउनुको उद्देश्य २०८४ मा हुने चुनाव जितेर प्रतिक्रियावादी राज्यसत्ता, दलाल नोकरशाही पुँजिवाद र संसदीय व्यवस्थालाई अझ बलियो बनाउनु रहेको बताउनु भयो ।

उहाँले सत्तामा रहेका एमाले, माओवादी केन्द्र, र एकीकृत समाजवादी कम्युनिस्ट पार्टी नभएको बताउनु भयो । उहाँले कम्युनिस्ट आन्दोलन दुई धारमा बाँडिएको उल्लेख गर्दै सत्तामा भएका कम्युनिस्ट पार्टीहरु दक्षिणपन्थी अवसरवादी धारमा रहेका बताउनु भयो । उहाँले सत्तामा रहेका कम्युनिस्ट पार्टी र काँग्रेसका बीचमा कुनै तात्विक र मौलिक भिन्नता नभएको बताउनुभयो । उहाँले सत्ताधारी कम्युनिस्टहरुले नेपालको वामपन्थी जनमतलाई भ्रममा पार्नका लागि मात्रै कम्युनिस्ट नाम राखेका बताउनु भयो । अध्यक्ष वैद्यले क्रान्तिकारी कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको भन्दै एकीकृत गर्दै लगिने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘कम्युनिस्ट आन्दोलनको एउटा धारा, दक्षिणपन्थी अवसरवादी, आत्मसर्मपणवादी धार हो । उनीहरुले आफूलाई कम्युनिस्टको नाममा राखेर, कम्युनिस्टको झण्डा चोरेर, माक्र्सवाद, माओवाद, लेनिनवादको नाम जपेर संसदवादको र प्रतिक्रियावादको खेती गरिरहेका छन् । आज सत्तामा कम्युनिस्टहरु छैनन् । तर प्रतिक्रियावादीहरुले सत्तामा कम्युनिस्टहरु छ, सरकारमा कम्युनिस्ट छ, केही पनि गर्न सकेको छैन भनेर बदनाम गरेका छन् । हाम्रो भनाई के हो भने ति कम्युनिस्ट होइनन् । त्यो धार दक्षिणपन्थी अवसरवाद धार हो ।

नेपाली काँग्रेस र सत्ताधारि कम्युनिस्टका बिच कुनै तात्विक र मौलिक अन्तर छैन । उनीहरुले माक्र्सवाद, लेनिनवाद, कम्युनिस्टको नाम किन जप्छन् भने नेपालमा कम्युनिस्टहरुको समर्थन गर्ने जनता ठुलो छ । वामपन्थी जनमत ठुलो छ । त्यो जनमतलाई भ्रमित तुल्याउनका लागि गर्छन । सच्चा कम्युनिस्टहरुको धार कमजोर छ । क्रान्तिकारी कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा छ । तर यो एकीकृत हुँदै जान्छ ।

त्यो जयन्तीको उद्देश्य के हो भन्नुहुन्छ भने २०८४ मा हुने चुनावमा चुनाव जित्ने, प्रतिक्रियावादी राज्यसत्ता, दलाल नोकरशाही पुँजिवाद र संसदीय व्यवस्थालाई अझ बलियो बनाउने । दाई कांग्रेस त छदैछ, गतिलो भाई कांग्रेस बन्ने । यो उद्देश्यमा आधारित छ । अब हाम्रो काम के हो भने यो दक्षिणपन्थी अवसरवादको भण्डाफोर गर्दै, यो प्रतिक्रियावादको, दलाल नोकरशाही पुँजिवादी राज्यसत्ताको भण्डाफोर गर्दै सच्चा क्रान्तिकारी, कम्युनिस्टहरुलाई एकतावद्ध तुल्याउँदै क्रान्ति फेरी गर्न सकिन्छ । हामी फेरी नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादको दिशामा दृढतापूर्वक अगाडी बढ्न जरुरी छ ।’

उहाँले आफूहरु दक्षिणपन्थी अवसरवादको भण्डाफोर गर्दै अघि बढ्ने बताउनु भयो । उहाँले सच्चा क्रान्तिकारी कम्युनिस्टहरुलाई एकतावद्ध बनाए क्रान्ति गर्न सकिने बताउनु भयो ।