• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए सर्वोच्चमा निवेदन

आफ्नै घरमा आगो लगाउने पक्राउ



गुल्मी । मादक पदार्थ सेवन गरी आफ्नै घरमा आगो लगाउनेलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धुर्कोट गाउँपालिका‐६ रजस्थलका ५९ वर्षीय रेखबहादुर परियार रहकोे जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी शङ्कर पोख्रेलले जानकारी दिनुभयो ।

परियारले मादक पदार्थ सेवन गरी आइतबार राति आफु बस्ने घरमा आगो लगाएका थिए । आगो लागेपछि घरभित्रका अन्नपात, लत्ताकपडा जलेर पूर्णरुपमा नष्ट भएको छ । अन्य समयमा पनि परियारले मापसे गरी गाउँमा होहल्ला गर्ने र छिमेकीको घरमा आगो लगाइदिन्छु भन्दै धम्की दिने गरेको प्रहरीले जनाएको छ ।

आफ्नै घरमा आगो लगाएपछि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेल नेतृत्वको टोलीले परियारलाई पक्राउ गरेको थियो । उनलाई प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिने प्रहरीले जनाएको छ ।

घरमा आगो लागेपछि अलपत्र पर्नुभएकी रेखबहादुरकी श्रीमती सीता परियारलाई आज जिल्ला प्रशासन कार्यालयले तत्कालका लागि राहत रकम उपलब्ध गराइएको छ । त्यसैगरी, नेपाल रेडक्रसले पनि पीडित परिवारलाई भाँडाकुँडा, त्रिपाल र लत्ताकपडा उपलब्ध गराएको छ ।