• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

सन्दीपको मुद्दाको पेशी वैशाख १६ गते



file photo: can

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको आगामी पेशी वैशाख १६ गतेलाई तोकिएको छ । आज सोमबारलाई तोकिएको पेशी हेर्न नभ्याइने सूचीमा परेपछि आगामी सुनुवाइका लागि वैशाख १६ गते पेशी तोकिएको हो ।

सन्दीपको मुद्दा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुरुषोत्तम प्रसाद ढकालको इजलासमा ८ नम्बरमा रहेको थियो । दिउँसो साढे तीन बजे मुद्दा पालो आएको भए पनि न्यायाधीशद्वयले बहस सुरु गरेनन् ।

यसअघि गत ३ वैशाखमा भएको सुनवाइमा अदालतले गौशाला २६ को जन्मदर्ता सम्बन्धी कागजातहरू झिकाउन आदेश दिएको थियो । ती कागजातहरू आइपुगेपछि आजलाई सुनवाइ तोकिएको थियो ।

सन्दीपको मुद्दाको फैसलाले तत्काल किनारा नलगाएमा उनको टी–२० विश्वकप खेल्न पाउने सम्भावना सकिने छ ।