• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

सन्दीपको मुद्दा हेर्न नभ्याइनेमा



फाईल फोटो

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा आज तोकिएको सुनवाइ स्थगित भएको छ ।

मुद्दालाई आज सुनवाइ गर्न नभ्याइनेमा राखिएको छ । सन्दीपको मुद्दा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुरुषोत्तम प्रसाद ढकालको इजलासमा परेको थियो ।

सन्दीपको मुद्दा ८ नम्बरमा रहेको थियो । दिउँसो साढे तीन बजे मुद्दा पालो आएको भए पनि न्यायाधीशद्वयले बहस सुरु गरेनन् । मुद्दाको अर्को पेसी आजै तोकिनेछ ।

यसअघि गत ३ वैशाखमा भएको सुनवाइमा अदालतले गौशाला २६ को जन्मदर्ता सम्बन्धी कागजातहरू झिकाउन आदेश दिएको थियो । ती कागजातहरू आइपुगेपछि आजलाई सुनवाइ तोकिएको थियो ।

सन्दीपको मुद्दाको फैसलाले तत्काल किनारा नलगाएमा उनको टी–२० विश्वकप खेल्न पाउने सम्भावना सकिने छ ।