• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   जुनमा भित्रिए ७६ हजारभन्दा बढी विदेशी पर्यटक ★   संविधान संशोधनमा सहमत हुने दलहरुलाई ओली नेतृत्व सरकारमा समावेश गरिने ★   देशका महत्वपूर्ण मुद्दा सम्बोधन गर्न राष्ट्रिय सहमतिको नयाँ सरकार गठन हुन्छ: काँग्रेस ★   एमाले अध्यक्ष ओली बालुवाटारमा ★   एमाले सचिवालय बैठक बस्दै ★   नयाँ राजनीतिक घटनाक्रममा बालेनको कटाक्ष: काले काले मिलेर खाऊ भाले ★   नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै ★   रोल्पाको तालाबाङमा जिप दुर्घटना: सात जनाको मृत्यु ★   नेपालको शिक्षा प्रणाली, एसईई परिणाम र तितो यथार्थ : एक आलोचनात्मक विश्लेषण ★   देउवाले आफ्नै निवासमा बोलाए पदाधिकारी बैठक

लिभरपुलले फुलहमलाई हरायो



काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ । गएराति भएको खेलमा लिभरपुलले फुलहमलाई उसकै मैदानमा ३–१ गोलले पराजित गरेको हो ।

लिभरपुललाई जित दिलाउन अलेक्जान्डर आर्नोल्ड, र्यान ग्राभेन्बेर्च र डिओगो जोटाले एक–एक गोल गरे । फुलहमका टिमोथी कासाग्नेले एक गोल फर्काए ।

जितसँगै लिभरपुल ३३ खेलबाट ७४ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । आर्सनल समान खेलबाट समान अंकसहित शीर्षस्थानमा रहँदा म्यान्चेस्टर सिटी ३२ खेलबाट ७३ अंकका साथ तेस्रो स्थानमा छ ।

फुलहम ३४ खेलबाट ४२ अंकका साथ १२ औं स्थानमा छ ।