२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन महिना भित्र सबै नेपालीलाई निःशुल्क रुपमा खोप उपलब्ध गराउने- प्रधानमन्त्री



अ+ अ-

काठमाडौ ।   प्रधानमन्त्री केपी ओलीले तीन महिना भित्र सम्पूर्ण  नागरिकलाई निःशुल्क रुपमा खोप उपलब्ध गराउने बताउनु  भएको छ । कोरोना खोपको शुभारम्भ गर्दे प्रधानमन्त्री ओलीले भारत सरकारले सहयोग स्बरुप उपलब्ध गराएको खोप संगै सरकारले थप  खरिदको तयारी गरेको पनि जानकारी दिनुभयो ।

सरकारले अनुदानमा लिएर वा खरिद गरेर भएपनि निःशुल्क उपलब्ध गराउने  जानकारी गराउनु भएको हो । खरिदका लागि सरकारले बजेटको ब्यबस्था गरिसकेको जानकारी गराउदै प्रधानमन्त्री ओलीले अभियनका लागि सबैको साथ र सहयोग र सग्लनता आबश्यकता रहेको बताउनु भयो ।